कबिता :- तिमीले बोल्नै पर्छ अब

अब तिमीले
आवाज निकाल्नु पर्छ
मन फूकाएर
धित मरुन्जेल बोल्नुपर्छ
मन भित्र का पिरहरु
आँसुहरूले हैन
अब शब्दहरूले बोल्नुपर्छ ।

बोल्नु र नबोल्नुको फरक
हासो र खुसी जतिकै भिन्न छ
बस्नु र हिड्नु जतिकै भिन्न छ।

चुपचाप हुनुले~
तिम्रो दलनको पिंजडा
कहिल्यै खुल्ने छैन
खुल्नेछ त केबल
तिम्रो बिद्रोही आवाजले
अनि थाह पाउनेछौ
बोल्नु ले तिमीलाई कति धेरै
आकाशको फराकिलो
स्वतन्त्रता दिन्छ ।

अनि ~
चाल पाउछौ आफै
तिमी लाई कुण्ठा ले कती
घात गरेको रहेछ
निस्तब्ध ले
कती बलात्कार गरेको रहेछ।

जब तिमी ~
चुप बनेर उभीरहन्छौ
बस्तीको धारा जस्तै पानीको प्रतिक्षामा
तब
ऊनिहरु फ्याक्ट्री खोलेर
बिक्री गरिरहन्छन्
पानी भरेर बोटल हरु
तिर्खा मा तिमी भने
एक बुध पानी को लागी
छट्पटिरहन्छौ।

तिमी चुप बनेर कुर्छौ न्याय
अदालत भित्र बिक्री हुन्नछन
न्यायधिस हरु
तिमी भित्र भने अन्याय हरू
उकुसमुकुस भईरहन्छन् ।

आजकल कबिहरु पनि
बोल्ने हरुकै कबिता कोर्छन
किनकी मौनता र आसु ले
अक्षर हरू पनि भिज्ने गर्दछन रे।

कपडाले पनि नछोपिने लाज
र टेबल मुन्तिरको
बाटो हिड्ने पैशा सङग
तिमी बोल्न डराउनु हुदैन
फगत सयौ पटक
कुन अर्थ मा मर्छौ तिमी चुप बनेर?

तिम्रो मौनता नै
तिम्रो जिबनले पाएको दुखको दोषी हो
सहनु तिम्रो प्रकृती होला
तर परिपाटी को निरन्तर हुदै होईन

सोच र बुझ एक पटक
तिमी बोल्नुले
तिम्रो हराएको समय पनि फिर्ता आऊनेछ
आवाज कर्कस लाग्ला कसैलाई
तर
भावना हरुको मलामी कहिल्यै
हुनु पर्दैन।

तिमी मौन रहनुले
बर्तमान मात्र हैन
भविश्य पनि तिमी झै चुप हुनेछ
अनि
आगो ले सुकेका पात खायझै
तिम्रो अस्तित्व यसरी नै खाईरहनेछ।
कयौ सताब्धी।

तिमी आवाज बिहिन हुनुले
निर्दोष मृगहरु बाघले मारेझै
अबोध चल्लाहरु चिल ले उढाएझै
तिमी भित्र को सत्यतालाई
क्रूर असत्य ले मारिरहन्छ हरपल।

अन्याय को लागी
तिमीले बिद्रोह नगर्नु
नियम बिपरित छ
हरेक कृयाको प्रतिकृया ले
जिबन र जगत चलायमान छ
त्यसैले अब तिमीले बोल्नै पर्दछ ।।।।


~ध्रुव थापा~
टेक्सास अमेरिका