एनआइसि एसिया बैकको नयाँ शाखाहरु बिस्तार

पोेखरा १८
एनआइसी एशिया बैकले एकै दिन जिल्ला प्रशासन कार्यलय कास्की र लेखनाथ मालपोत कार्यलय परिसरमा विस्तारित काउन्टर खोलेको छ।

बैकले छुट्टाछुट्टै कार्यक्रमको आयोजनागरि काउन्टरको उद्धाटन गरेको छ । जिल्ला प्रशानशन कार्यलयमा खोलिएको काउन्टरको प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा र पालपोत कार्यलयमा कार्यलय प्रमुख चिरन्जिवी पौडेलले उद्धाटन गरेका थिए।

सेवाग्राहिको सुविधालाई मध्यनजर गरेर बैकले जिल्ला प्रशासन कार्यलय कास्की र लेखनाथ मालपोत कार्यलय परिसरमा विस्तारित काउन्टर खोलिएको बैकका क्षेत्रिय प्रबन्धन दिपेन्द्र शर्माले बताए। सेवाग्राहीको सुविधालाई मध्यनजर गरेर नै काउन्टर खोलेका हौं र बैकले अन्य स्थानहरुमा पनि क्रमश काउन्टर विस्तार गर्ने योजनामा छ उनले भने ।

मुलुकभर २६४ शाखाकार्यालयहरु, २६२ एटिएम, २८ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५०हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।