सफा खानेपानी, शाैचालय र सेनेटरी प्याड अनुगमनसंगै वडा नं १५ सेनेटरी प्याड युक्त घाेषणा तथा सचेतना

पाेखरा,२६,मंसिर ।
पाेखरामा यतिवेला सेनेटरी प्याडयुक्त विद्यालय घाेषणा कार्यक्रम तिव्र रुपमा सञ्चालन भैरहेको छ । यसैगरि पाेखरा महानगपालिका वडा नं १५ वुधवार सेनेटरी प्याड युक्त घाेषणा भएकाे छ ।

एक हप्तादेखी वडा भित्रका विद्यालयमा सफा पिउने पानी,सफा शाैचालय, शाैचालयमा सेनेटरी प्याड,सावुन व्यवस्थापन वारे अनुगमन सकेर घाेषणा गरिएकाे हाे ।
वडा कार्यलय तथा शिक्षा समितिकाे अायाेजना तथा सामाजिक जागरणका लागि नारी अभियानको पहलमा उक्त कार्यक्रम अायाेजना गरिएकाे हाे ।

कार्यक्रममा विद्यालयलाइ सेनेटरी प्याड हस्तान्तरण गर्दै सम्पूर्ण विद्यालय वालिका मैत्री वनाउन अनुराेध गरे । उनले वडा भित्रका विद्यालयलाइ सेनेटरी प्याड व्यवस्थापन संगै सफा खानेपानी र शाैचालयमा जाेड दिनुपर्ने अावश्यकता संगै राम्रो व्यवस्थापन गर्ने विद्यालयलाइ वार्षिक रुपमा सम्मान गरिने प्रतिवद्वता समेत जनाए । साथै वडाले गरेका गतिविधि वारे समेत जानकारी गराएका थिए ।

कार्यक्रममा सामाजिक अभियन्ता पत्रकार तथा अधिवक्ता सुष्मा पाैडेलले अभियानका वारेमा जानकारी दिदै सहभागी विद्यालय, विद्यार्थी र अायाेजकलाइ व्यवहारमा उतार्न प्रतिवद्वता जनाउन जनाउन लगाएकी थिइन् ।

वडा तथा न्यायिक समिति सदस्य पार्वति कार्कीकाे अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य मन्दिरा परियारले स्वागत तथा शिक्षा समिति सदस्य शिव प्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।

वडा सदस्य तथा समन्वय समिति सदस्य ताेरण वानिया रुक वहादुर गुरुङ लगायत शिक्षा समिति विद्यालय सञ्चालक समिति शिक्षक विद्यार्थी लगायतको सहभागीता रहेकाे कार्यक्रममा सामुदायिक वाट शिक्षक राजेद्र गिरी र निजी विद्यालयका तर्फबाट भावना थापाले वाेलेका थिई ।

त्यस्तै विद्यार्थी मिनु जुगजाली,अमृता गिरी,शिता पाैडेल,अारना शर्मा लगायतले याृ अभियान अत्यन्तै राम्रो भएको भन्दै सफल वनाउन सवैले साथ दिनुपर्ने अावश्यकता अाैल्याए ।