सिमला आधारभुत बिधालयमा लायन्स क्लबले गर्यो न्यानो कपडा बितरण

पौष २६ पोखरा

लायन्स क्ल्ब अफ पोखरा डाइमण्ड भिलेज र लायन्स क्ल्ब अफ पोखरा अमरबुद्धले सयुक्त रुपमा पोखरा महानगर पालिका वडा नम्बर १३ आर्वा स्थित सिमला आधारभुत स्कुलमा न्यानो कपडा , शैक्षिक सामाग्री साथै खेलकुद सामाग्री बितरण गरेको छ ।

पोखरा महानगर पालिका वडा नम्बर १३ का वडा अध्यक्ष एवम युवा नेता दर्शन लामाले प्रमुख अतिथिको मनतव्य दिदै वडा नम्बर १३ अन्तर्गतका सामुदायिक बिधालयमा भौतिक पुर्वाधार भएता पनि निजि बिधालयमा अभिभावक प्रेरित भएका कारण सरकारी स्कुल खस्किएको बताए । निजि भन्दा सरकारी स्कुलका शिक्षकको सेवा सुबिधा राम्रो भएको र सरकारी सेवा सुबिधा प्राप्त शिक्षक हरुले बिद्यार्थी सरकारी स्कुलमानै पढाउने कुरामा अभिभावकलाई प्रेरित गर्ने आग्रह गर्नुको साथै यसमा आफुले पनि सहयोग गर्ने बताए ।

अध्यक्ष लामाले जनप्रतिनिधि आइसकेपछी आफ्नो वडाको बाटो घाटो बत्ती पानी शैक्षिक पुर्वाधारमा उन्नति गरेको , शैक्षिक क्षेत्रमा जोड दिदै आफुले विभिन्न काम गरेको र सोही स्कुलमा पनि कम्युटर, प्रोजेक्टर केही दिनमा उपलब्ध गराउने कुरा उल्लेख गरे । साथै लामाले आगामी दिनमा कृषिलाई जोड दिदै आर्वामा नमुना बालि लागू गर्ने , कच्ची सडक खण्ड पिच गर्ने पिछडिएको यस आर्वा डाडालाइ पर्यटकको नमुना ठाउँ बनाउने योजना रहेको बताए ।

स्कुल ब्यबस्थापन समितिका अध्यक्ष कमल सुनारले स्कुलको भौतिक पुर्वाधारका लागि र बिद्यार्थी बढाउनका लागि आफुले पहल गर्ने र यसरी स्कुलमा सहयोग गरेको मा दोय क्लब लाई धन्यवाद ब्यक्त गर्नु भयो ।

रिजन १२ का रिजन पर्सन शिवराज आचार्यंले लायन्सले आवश्यकता अनुसार विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको र अहिले यि स -साना बालबालिकाको अनुहारमा न्यानो पनको खुसी देख्न पाउनुनै ठूलो कुरा बताए ।

स्कुलका प्राध्यापक हरिमायाले २०४७ सालमा स्थापना भएको स्कुलमा भौतिक पुर्वाधारका लागि र बालबालिकाको मनोबल बढाउनका लागि यस्तै सहयोग आवश्यक रहेको बताइन ।

कार्यक्रमका सभा अध्यक्ष तथा लायन्स क्लब अफ पोखरा अमर बुद्धका अध्यक्ष शान्ता थापाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा डाइममण्ड भिलेजका संस्थापक अध्यक्ष कन्चन थापाले स्वागत मनतब्य दिएकी थिइन भने कार्यक्रम सन्चालन पोखरा डाइमण्ड भिलेजको अध्यक्ष पबित्रा न्यौपानेले गरेकी थिइन ।