सिद्ध बराहा माविको ४ कोठे भवन शिलन्यास

पोखरा, ४ माघ
पोखरा महानगरपालिका २३ माथुममा रहेको सिद्ध बराहा माविको ४ कोठे भवनको शिलन्यास भएको छ । गण्डकी प्रदेशका सांसद राजीब पहारीले शुक्रबार एक कार्यक्रमका बिच शिलन्यास गरे । उनले देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक रहने बताउदै सिद्धबराह माविमा प्राविधिक शिक्षा ल्याउनलाई आफुले जस्तो सुकै सहयोग गर्ने बताए ।

देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक पर्दछ उनले भने गाउ गाउँका विकासका लागि प्राविधिक शिक्षा आवश्यक छ, त्यसैले धेरै भन्दा धेरै प्रविधिमा शिक्षा दिनु पर्ने आवश्यक रहेको कुरा बताय । उनले पोखरा महानगरपालिका वडा नम्बर २३ पोखराका महानगरपालिकाको ठुलो वडा भएपनि विकासका दृष्टिले पछि रहेको उनले बताए । कार्यक्रममा विद्यालयलाई आवश्यक पर्ने सामाग्री खरिद गर्नका लागि नगद ५०
हजार दिने घोषणा गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले पोखरा महानगरपाकिलाको सबैभन्दा
पिछडिएको वडा २३ भएको भन्दै विकासका लागि बजेट आवश्यक भएको बताए । उनले यो वडामा अहिले सम्म एक इन्च पनि पिच बाटो नभएको बताए । क्षेत्रफलका आधारामा ठुलो वडा भएपनि विकासका आधारमा पछाडि परेको बताए । विद्यालयलाई आवश्यक पर्ने सबै सहयोग गर्न वडा कार्यालय तयार रहेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमेराज भण्डारीले विद्यालयमा शैक्षिक विकासका लागि आफुहरु लागि परेको भन्दै सरकारी तहबाट पनि सहयोगको आवश्यक रहेको बताए । विद्यालयकमा प्राविधिक शिक्षा प्रदान भौतिक पुर्वाधार आवश्यक रहेको कुरा अध्यक्ष भण्डारीले बताए ।

कार्यक्रममा विद्यालयका साहेक प्रधानध्यापक गणेश दाहालले स्वागत र शिक्षक तुलसी प्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यन इकाई कास्कीको
सहयोगमा निर्माण ४ कोठे भवन निर्माण हुन लागेको हो । निर्माणका लागि ७०लाख रुपैया सहयोग प्रदान गरे पछि विद्यालयको भवन निर्माण गर्न थालेकोविद्यालयका प्रधानध्यापक बद्रिनाथ पराजुलीले जानकारी दिए । २०७२ सालबैशाख १२ गते गएको भुकम्पका करण भवन चर्किएपछि निर्माण हुन लागेको हो