करोडौ ठगी गरि फरार महिला पक्राउ

८ माघ २०७५, मंगलवार

पोखरामा आफ्ना चिनजानका व्यक्तिहरुलाई घरजग्गा किन्ने वहानामा ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ जिल्ला वडीगार्ड गाँउपालिका बडा नं ८ घर भई हाल जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका बडा नं २६ अघौं डेरा गरी बस्ने बर्ष ४२ को स्नेहा भन्ने सरिताकुमारी रानालाई प्रहरीले पक्राउ गरेको हो ।

निजले मेरो परिवार लण्डनमा छ भनि पोखरा लेखनाथ महानगरपालिका बिभिन्न स्थान बस्ने बिभिन्न चिनजानका व्यक्तिहरुलाई घर जग्गा खरिद गर्न, जग्गासंग घर साटी दिने जस्ता बिभिन्न प्रलोभन देखाउने तथा आफूलाई आपत पर्यो भन्ने लगायतका बहाना बनाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

थापाले अन्दाजी २ करोड ५० लाख रकम विभिन्न व्यक्तिहरुसँग सापटी मागी निज ब्यक्तिहरुलाई रकम फिर्ता नदिई ठगी गरी फरार भएको भनी पिडित व्यक्तिहरुको मौखिक तथा लिखित उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि ओमबहादुर रानाले सुक्ष्म रुपमा निजको खोज तलास गर्दा काठमाण्डौं दरबारमार्ग पक्राउ गरिएको जानकारी दिनुभयो । रानाका अनुसार थापालाई सम्मानित उच्च अदालत पोखराबाट वैकिङ कसुर मुद्धामा म्याद थप अनुमति लिई गरी अनुसन्धान भईरहेको छ ।

अनुसन्धानका क्रममा उच्च महत्वकांक्षाका साथ घर भाडामा लिई काम गर्ने ब्यक्ति, प्राईभेट कार तथा डाईभर समेत राखी बसेको र निजको परिवार समेत कोही पनि लण्डनमा नभएको खुल्न आएको प्रहरीले जनाएको छ ।