१३९ औ हप्ताको पोखरा उपत्यका बृहत सफाइ अभियान लभ्लिहिलमा

१२ माघ २०७५
“हप्तामा एक घण्टा रास्ट्रका लागि” भन्ने मुल नाराका साथ १३९ औ हप्ताको पोखरा उपत्यका बृहत सफाइ अभियान अन्तर्गत पोखरा महानगर पालिका वडा नम्बर १८ स्थित लभ्लिहिलमा गरेको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख एवम अभियानका संरक्षक डि आइ जि दानसींह बोहरा , वडा नम्बर ४,५ र ७ का वडा अध्यक्ष लगाएत ले फोहोर मैला उठाएर १३९ औ हप्ताको सरसफाइ अभियान सुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा नम्बर ४,५ ,७ र १८ का वडा अध्यक्ष क्रमशः शंकर बास्तोला, धनबहादुर नेपाली, श्री राम चन्द्र बराल र रणबहादुर थापाले अभियानम सरिक मात्रै नभएर अब खबरदारी पनि गर्नु पर्ने कुराम जोड दिए । घरको फोहोर बाहिर फाल्दैमा सफाइ नहुने र समग्र पोखरालाई स्वच्छ र सफा राख्न मनबाटनै सरसफाइ अभियानमा लागिपर्नु पर्ने कुरा बताए ।

सरसफाइ अभियानका अभियन्ता रामबहादुर पौडेलले बिभिन्न क्षेत्र निकाय, बिद्यार्थी लगाएत सम्पुर्ण महानगरबासिको एकबद्दता यो बृहत् अभियानमा जनाउनु पर्ने कुरा बताए । अभियन्ता पौडेलले अभियानको पाटोमा जोडिरहदा विभिन्न अप्ठ्यारा परिस्थिति सङ्ग जुधेका कुरा पनि स्मरण गरे

कार्यक्रममा सरसफाइ अभियानका अभियन्ता अन्जु क्षेत्री ,लोकदर्शन कोइराला लगाएतले बोलेका थिए । उक्त कार्यक्रममा समिक्षा कास्ठ उधोगका संचालक शिव प्रसाद पराजुलिले डिस्पोजल ग्लोब उपलब्ध गराएका थिए भने कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि , बित्तीय सस्था प्रहरी दल साथै विद्यार्थी र स्थानियको उल्लेखनीय जनसहभागिता रहेको थियो ।

स्मरण रहोस शहरि क्षेत्रबाट अलि पर रमणीय र स्वस्थ वातावरणमा हिडनका लागि बिहानै कुदन लभ्लिहिल जाने गर्छन भने केही पोखराको सुन्दरतालाइ नियाल्नका लागी दिनहुँजसो धेरै ब्यक्तिहरु लभ्लिहिलमा पुग्ने गर्छन तर स्वस्थ र रमणीय बाताबरणमा रमाइरहदा सङ्गै खाएका पानीका बोत्तल चाउचाउ,चक्लेटका खोल लगाएत तेहि छोडेर आउनि कारणले लभ्लिहिल दिनहु कुरुप बन्दै गएको थियो ।