न्याश्नल ईन्भेटिभको २१औँ वार्षिकोत्सव मनाईयो

पोखरा २५ माघ ।
पोखरा महानगरपालिका वडा नं ६ मा अवस्थित न्याश्नल ईन्भेन्टिभ आवासीय माविको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विहिबार सम्पन्न भएको छ ।
समारोहको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका सांंसद राजीव पहारीले अवको शिक्षा व्यवहारिक र जीवनउपयोगि हुनुपर्ने बताए । राज्यले निजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुलाई निषेध गरेर नभई सरकारी विद्यालयहरुलाई पनि स्तर बृद्धि गरेर शिक्षामा समानता कायम गर्नुपर्ने आवस्यकता औँल्याए । निजि क्षेत्रका विद्यालयलाई अंकुश लगाएरमात्र शिक्षाको विकाश नहुँने उनको भनाई थियो । पहारीले शिक्षाको क्षेत्रमा न्याश्नल ईन्भेन्टिभले प्राप्त गरेको सफलता वडा नं ६ का लागि पनि गौरवको विषय भएको धारणा राखे ।

सो अवसरमा बोल्दै प्याब्सन केन्द्रिय सदस्य कृष्ण केसीले अहिलेको अवस्थामा निजि विद्यालय विनाको शिक्षा अपुरै रहने तर्क गरे । त्यस्तै प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्माले शिक्षाको क्षेत्रमा निजि विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताए । मानव अधिकार केन्द्र प्रदेश नं ४ का संयोजक राजुराज अधिकारीले शिक्षाको अधिकारबाट कुनैपनि बालबालिकाहरु बञ्चित हुन नहुने बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य उमा लामिछानेले विद्यालयको वार्षिक प्रगतिबारे अवगत गराईन् । उनले विद्यालयले नतिजामूखी मात्र नभई समग्र विकास र व्यवहारिक शिक्षामा जोड दिँदै अघि बढिरहेको उल्लेख गरिन् ।
कार्यक्रममा २०७४ सालको एसईई परिक्षामामा जिपिए ४ ल्याउन सफल विद्यार्थीहरु दिक्षा राजभाट र रजनी शाहीलाई जनही रु ५ हजार, दोशल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै ए प्लस ल्याउन सफल १९ जना विद्यार्थी सहित सहभागि सबै लाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवकै अवसर पारेर विद्यालयले दीर्घ सेवा पदकबाट शिक्षकहरु ध्रुव केसी, लक्ष्मी सुवेदी, कल्पना अधिकारी, प्रभा खड्का, मधु खड्का र कर्मचारी तर्फ बस चालक महेन्द्र भट्टलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवकै अवसर पारेर एसईई मा विशिष्ट नतिजा ल्याउन अहम् भूमिका निर्वाह गर्ने विषय शिक्षक ÷शिक्षिकाहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा विद्यालयका उप–प्राचार्य विक्रम पौडेल, शिक्षकहरु सी वी सिवि पोखरेल, लीलाकुमारी महत, जगदिश पँगेनी, प्रमोद न्यौपाने, टिकाराम दाहाल, ईन्द्रराज शाक्य र ध्रुव केसी छन् ।

सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य र गायकी प्रस्तुत गरेका थिए भने विद्यालयका उप प्राचार्य विक्रम पौडेलको लेखन तथा निर्देशनमा शहिदको सपना नामक नाटक समेत मञ्चन गरिएको थियो ।

समारोहमा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर देवेन्द्र बहादुर लामिछाने, पृथ्वीनारायण क्याम्पसका सह प्राध्यापक चन्द्रनाथ अधिकारी, लिटिल स्टेप माविका संस्थापक शेर बहादुर गुरुङ, समाजसेवी गणेश ढकाल लगायतको उपस्थिति थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य विक्रम पौडेलले स्वागत मन्तव्य व्यक्त गरे । विद्याथीहरुको तर्फबाट कक्षा १२ की छात्रा कृष्ण पौडेल र कक्षा ९ का छात्र राज रंग्रेजले स्वागत गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सी वी पोखरेलले गरेका थिए भने उनलाई विभिन्न कक्षाका छात्राहरुले पनि उद्घोषणमा साथ दिएका थिए ।