लेकसाइड स्थित बन्दै गरेको घरमा चौध बर्ष बालकको हत्या

पोखराको लेकसाइडमा एक १४ वर्षिय बालकको हत्या भएको छ। सोमबार राति लेकसाइडस्थित बन्दै गरेको एउटा घरमा १४ वर्षिय सचिन सिंजालीको धारिलो प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

पाल्पा घर भइ हाल लेकसाइड बस्दै आएका सिंजालीको हत्या छुरी प्रहारबाट भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख तथा डिएसपी नवीन कार्कीले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।