प्रणय दिवस ‘मायापछिको बियोगान्त’

फगुन २ पोखरा ।

पोखराको न्युरोडमा बागमती फ्लावरमा स्कुटरमा गएकी म टक्क रोकिन पुगे, पसलमा छिर्न मन लाग्यो फुलहरुले सजिसजाउ पसल, दुईजना श्रीमान श्रीमती फुल बेच्नमै ब्यस्त थिए । उनीहरुको ब्यस्तताले देख्दा कुनै प्रश्न गरौं वा नगरौं दोधारमा परे । तै पनि सोध्न मन लाग्यो, यस पटक भ्यालेन्टाइन डे मा फुलको माग के छ दाइ ? उनी भन्छन्, ए बैनी, सधैंजस्तै माग छ नि, उनले मुखमा नहेरी जवाफ दिए । फुल कति ल्याउनुभएको छ नि ? ठिकै ल्याएका छौं बैनी कति बेच्नुहुन्छ, मैले दुई चारवटा प्रश्न गर्दै गए दाइले फुल प्याक गर्दै उत्तर दिँदै जानुभयो । मसँग बोल्ने समय फुर्सद पनि थिएन् उनीसँग,

प्रत्येक ब्यक्तिको हृदयमा प्रेम हुन्छ । वास्तवमा प्र्र्रेमले नै संसार अडिएको छ भन्दा पनि फरक नपर्ला । जहाँ सच्चा प्रेम हुन्छ, त्यहाँ रिस, डाहा र घृणाले स्थान पाउँदैन । मायाको संसारमा रमाउनेहरु खुशी साथ जिन्दगी बिताउँछन् । जनावर होस् वा मानव सबैमा प्रेम हुन्छ । खासगरि हामी जनावरमा बच्चाप्रतिको प्रेम देख्छौ । प्रेममा संसार अडिएको छ । एउटा बच्चा जन्मिएदेखि नै आमाको मायामा हुर्कन्छ बढ्छ त्यो निस्वार्थ माया हो । हामीले सच्चा माया, प्रेम गर्न आमाबाट सिक्नुपर्दछ । सबैको आमा जहाँ बच्चाले मायाको कुनै स्वार्थ चुकाउनु पर्दैन । सच्चा प्रेमको उदाहरण आमा हुन् ।

ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यालेन्टाइनले क्लाउडियसको यो कदमविरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए । आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यालेन्टाइनलाई फ्रेबुअरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । प्रेम र मानवताका अनुयायी भ्यालेन्टाइनले मृत्युवरण गरेको सम्झनामा फ्रेबुअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउने गरिन्छ । प्रेमले सबैलाई मिलाउछ सबैलाई खुशीले बाँच्न सिकाउँछ । हामीले जहाँ निश्वार्थ प्रेम गरिरहेका हुन्छौं, त्यहाँ खुशीको मिलन हुन्छ । जसको हृदयमा प्रेम हुन्छ, त्यसको आत्मामा शान्ति हुन्छ । समाजमा प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् होला । अधिकांश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम सम्बन्धीत नै हुन्छन् । कतिपय प्रेम हुन पुग्छन् भने संयोगान्तक हुन्छन् भने कतिपय बियोगान्तक भएर सकिन्छ ।

हामीले जहाँ निश्वार्थ प्रेम गरिरहेका हुन्छौं, त्यहाँ खुशीको मिलन हुन्छ । जसको हृदयमा प्रेम हुन्छ, त्यसको आत्मामा शान्ति हुन्छ । समाजमा प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् होला । अधिकांश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम सम्बन्धीत नै हुन्छन् । कतिपय प्रेम हुन पुग्छन् भने संयोगान्तक हुन्छन् भने कतिपय बियोगान्तक भएर सकिन्छ ।

बिश्वभरी फ्रेबुअरी १४ का दिन मनाइने यो दिवस आजकल बढ्दो सूचना र प्रविधिको विकाससँगै नेपालमा अत्यन्तै लोकप्रिय बनेको छ । प्रेम दिवसको अवसर पारेर बिभिन्न गोप्य स्थलहरु, पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु एक आपसमा रमाउने, रातो गुलाब र अन्य उपहारहरु एकआपसमा साटासाट गर्ने प्रचलन नेपालमा पनि बढदै गएको सँगै नेपालमा पनि केहि हदसम्म बिकृति मौलाएको देखिन्छ । दिवस मनाउने भन्दै लाखौंका गुलाफ फुलहरु देशमा भित्रिएका छन् । जसका कारण हाम्रो देशको अर्थतन्त्रसमेत अन्य देशमा गएको छ । पछिल्ला केहि वर्षयता सामाजिक सञ्जालमा भ्यालेन्टाइन डे पनि निकै चर्चा हुन्छ । खासमा यो दिनलाई नयाँ जोडी बनाउने होस् या कुनै आफ्नो प्रेमीबीच पुनःमिलन यो हाम्रो संस्कृतिसँग कुनै सम्बन्धीत छैन । तर यसको नक्कल हामीले धेरै नै गर्दै आएका छौं ।

अहिले बिभिन्न समाजिक सञ्जालमा यसको निकै महत्व बढेको देखिन्छ । यसले हाम्रो समाजमा एउटा बिकृति खडा गर्न खोजिरहेको छ । प्रेम दिबसले विशेषगरी युवायुवतीलाई नकारात्मक प्रभाव पारेको छ । प्रणय दिवस के हो यो किन मनाइन्छ भन्ने नबुझी आफ्नो रमाइलोको लागि विभिन्न रमणिय स्थलमा घुम्न जाने उपहार, गुलाबको फुल साटासाट गर्ने मन परेको मान्छेलाइ प्रेम प्रस्ताव राख्ने गर्दछन् । आफ्नो पढाइ र भविष्यप्रति गम्भीर हुनुपर्ने समयमा धेरैको दिमागमा प्रेमको नकारात्मक फल फलेको छ । कसैले आफुलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्न फ्रेबुअरी १४ कुरेका हुन्छन् । हप्तौ अघिदेखि प्रेम दिवसका नाममा रोज डे, प्रपोज डे, प्रोमिस डे आदि मनाइरहेका छन्, यो नराम्रो पक्ष नै हो । एक दिनको प्रेम दिवसले धेरै युवायुवतीलाई पछिसम्म मानसिक रोगको सिकार बनाएको हुन्छ । कुनै मान्छे कसैसँग नजिकिनु मात्रै प्रेम होइन् । माया प्रेम केबल निश्वार्थ हुनुपर्दछ । सानोतिनो स्वार्थ र केहि क्षणको लागि गरिने प्रेम होइन यो एउटा बिकृति र देखावटी हो । यसले मान्छेलाई कुन मोडमा लान्छ भन्ने कुनै आँकलन हुँदैन ।

यसैले पनि हाम्रो समाजमा धेरै घटनाहरु घटिरहेका छन् । आत्महत्याका घटनाहरु हाम्रो समाजमा बढिरहेका छन् । प्रेमकै कारण साथीभाइ बिच झगडा र एक अर्कोलाइ मर्ने ,मार्ने सम्म पनि गरिहेका हुन्छन् हामी देखिरहेको छौ कतिपय यस्तो घटनाहर समाजमा हाम्रो आखाँ अगाडी घटेका छन् तर पनि यसलाइ बढावा दिने काम हामी बाटै हुन्छ ,हामीले प्रेमलाई सच्चा हृदयबाट निश्वार्थ ढंगबाट गरियो भने त्यहाँ कुनै अशान्ति, बिकृति हुँदैन त्यसले सहिबाटोमा लैजान्छ । भरखरै मात्रै पोखरामा एउटा साथीले अर्का साथीलाइ केटीका कारण मारेको सुनेका छौं । जहाँ प्रेममा मनमुटाव आउछ त्यहाँ क्रोध जन्मिन्छ र धेरै घटनाहरु एउटा प्रेमप्रेमीका बीचको असमझदारीबाट आउने गरेको पनि छन् । यो सिको गरे कुन मोडमा जान्छु भन्ने जस्ता कुरा बुझनु अहिलेका युवाहरुमा जरुरी छ । हामीले साँच्चिकै प्रेम गर्ने हो भने दिवस नै कुर्नुपर्दैन । हामीले यसलाई एउटा पर्वको रुपमा ल्याइरहेका छौं । यसलाइ फरक तरिकाले बुझदा महत्व अझ बढ्नेछ । यो जिबन्त चलिरहने प्रक्रिया हो । एकदिन मात्र प्रेम गर्ने भन्ने होइन । हामीमा सबैलाई गर्ने प्रेम हुनैपर्दछ । प्रेमले खुशी दिलाउँ, प्रेममा संसार अडिएको छ । सबैलाई प्रेम गरौं नक्कली होइन सक्कली दिवस खोजौ । प्रणय दिवसको शुभकामना ।


लेखिका:तारा चापागाईं दुवे