अर्ना दोहोरी गित सफल पार्न उपसमिति बिच छलफल

बुटवल, १३ फागुन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितिको आयोजना तथा रुपन्देही जिल्ला कार्यसमितिको सहआयोजनामा यही माघ १९ देखि २५ गते सम्म बुटवल मण्डपमा हुन लागेको अर्ना राष्ट्रिय खुल्ला रनि·शिल्ड दोहोरी गित प्रतियोगिताको सन्दर्भमा सोमबार विभिन्न उपसमितिहरुवीच छलफल भएको छ ।

आयोजक संस्थाका अध्यक्ष बद्री पंगेनीको प्रमुख आतिथ्यता तथा जिल्ला कार्यसमितिका अध्यक्ष दीपक गरौजाको अध्यक्षतामा भएको छलफलमा विभिन्न उपसमितिका सह संयोजकहरुको कार्य प्रगति र उनीहरुको जिम्मेवारीको बारेमा जानकारी गराइएको थियो ।

छलफलमा बोल्दै केन्द्रिय अध्यक्ष पंगेनीले राजधानीमा हुँदै आइरहेको यो प्रतियोगिता राजधानीबाहीर पहिलो पटक रुपन्देही जिल्लामा हुनु रुपन्देही बासीलाई अवसर र गौरवको कुरा भएको भन्दै यसलाई सफल पार्न सम्पुर्ण रुपन्देही वासी तथा संघसंस्थाहरुको सहयोगको आवश्यक रहेको बताए । यो एउटा अवसर भन्दा पनि चुनौतीको रुपमा पनि रहेको भन्दै कार्यक्रमलाई भब्य रुपले सफल बनाउन जिल्ला कार्यसमिति तथा प्रदेश कार्यसमितिको हातमा रहेको भन्दै सोही अनुसार अगाढी बढन निर्देशन दिए ।

सह– आयोजक रुपन्देही कार्यसमितिका अध्यक्ष दीपक गरौजाले रुपन्देही जिल्लाले स्थापना कालदेखि नै कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको बताउदै यस कार्यक्रमलाई पनि सभ्य र भब्य रुपमा सफल बनाउने प्रतिवद्धता जनाए ।

बुटवलको बुटवल मण्डपमा हुने यस कार्यक्रममा देशभरबाट ३० वटा भन्दा बढि समूहको सहभागिता रहने दोहोरीगीत प्रतियोगिता उपसमितिका संयोजक प्रचण्ड जि.सीले बताए । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका सम्पूर्ण लोकदोहारी कलाकारहरुको उपस्थिती रहने आयोजकले जनाएको छ । छलफल जिल्ला कार्यसमितिका सचिव दीपु मगरको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच सोमबार नै बिज्ञापन उपसमितिको बैठक सम्पन्न भएको छ । बिज्ञापन उपसमितिका संयोजक योग गुरु·को अध्यक्षता र सक संयोजक डिल्लीनारायण पाण्डेको संचालनमा बसेको बैठकले कार्यक्रमको लागि विज्ञापन संकलनका लागि विभिन्न निर्णय हरु गरेको छ । कार्यक्रमको अवसरमा मणिमुकुन्द भलिबल संघको आयोजनामा प्रदेश स्तरीय भलिवल प्रतियोगिता समेत संचालन हुँदैछ ।