दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘क्लाक बक्स’ भेटियो

२७ फागुन
आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन् ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो । घटनामा चालका दलका आठ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो ।

इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्वीटर पेजमा लेखेको छ, “इथियोपियन एअरलान्सको दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ भेटिएको छ ।