एभरेष्टका ९ खेलाडीले अमेरिकाको राष्ट्रिय प्रतियोगितामा खेल्ने

२८ फागुन
मिचिगनमा संचालनमा रहेको ज्योति एभरेष्ट ताइक्वान्दो एशोसिएशनवाट नौ खेलाडीले अमेरिकाको राष्ट्रिय ताइक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

नेपाली मुलुकका दुइ खेलाडी विप्लव खरेलले ५५ केजी तौल समुहभन्दा कम र अनमोल गोर्खालीले सिनियर ब्लाक बेल्ट ५८ केजी तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । उनीहरुले मिचिगन स्टेटवाट प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा अमुल गोर्खालीले सहभागि हुने टोलीवाट प्रशिक्षकको रुपमा जिम्मेवारी निभाउनेछन् । राष्ट्रिय प्रतियोगिता जुन २७ देखि जुलाई ४ सम्म मिनिसोटामा हुदैंछ ।

फेबु्रअरी ९ मा सम्पन्न मिचिगन स्टेट च्याम्पियन सिपमा सहभागी भई पदक विजेता एभरेष्टका ९ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छानिएका हुन् । स्टेट च्याम्पियनसिपमा एभरेष्टका ६ खेलाडीले स्वर्ण, २ ले रजत र १ जनाले कास्य पदक जितेका थिए ।

एभरेष्टका खेलाडी स्टेटवाट छानिदैं राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लागेको हो भने पहिलो पटक होइन । यस अघि २०१३ मा इलिनोइसको शिकागोमा भएको राष्ट्रिय प्रतियोगितामा एभरेष्टका खेलाडीले पहिलो पटक सहभागिता जनाएका थिए । त्यसपछि सन् २०१७ मा त एभरेष्टका खेलाडीले सहभागिता जनाउनुका साथैं पदक समेत जितेका थिए ।

मिचिगनमा भएको सो प्रतियोगितामा एभरेष्टका ३ खेलाडीले स्वर्ण,१ जनाले रजत र २ जनाले कास्य पदक जितेका थिए । यस्तैं, सन् २०१८ मा ओटाहाको साल्टलेक सिटीमा भएको प्रतियोगितामा पनि सहभागिता जनाउदैं एभरेष्टका खेलाडीले एक स्वर्ण र एक रजत जितेका थिए । एभरेष्ट ताइक्वान्दो सिनियर प्रशिक्षक लभ गोर्खालीले संचालन गर्दै आएका छन् ।