गायिकाहरुको संस्था हार्मोनीको पुनर्गठन, अध्यक्षमा इतु

चैत्र ३, २०७५

पोखरा । पोखरेली गायिकाहरुको साझा संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको कार्यसमिति इतु जोजिजूको अध्यक्षतामा पुनर्गठन गरिएको छ ।

पोखरामा सम्पन्न पहिलो साधारण सभाबााट उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबी सुनार, कोषाध्यक्षमा मितु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी र सहकोषाध्यक्षमा शीतल थापा चयन भएकी छिन् ।

यस्तै सदस्यहरुमा रजनी राई, अजुदा थापा, प्राप्ती तुलाचन, इनिशा दुरा, सविना सुनाम, सानु जोजिजू, एलिना गुरुङ, मनिषा राना, स्नेहा गुरुङ, देवी गुरुङ र रुपा थापा चयन भएकी छिन् ।

संस्थाको कार्यसमितिको बैठकले मेनकाजी गुरुङ, मनकुमार श्रेष्ठ, रामभक्त जोजजू, प्रेमबहादुर थापा, हुकुमराज थापा, सरस्वती प्रतीक्षा, अनुराग अधिकारी, विमला भण्डारी, सरस्वती गुरुङ, देव क्षेत्री, कन्चन थापा, तीर्थ श्रेष्ठ, सविता शेरचन, शेरबहादुर गुरुङ, लीला शेरचन, विनोद भुजेल र रुद्रकुमारी गुरुङ (मैना)लाई सल्लाहकार चयन गरेको छ ।