बलात्कार आरोपमा पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष सुन्दर श्रेष्ठ र एनआइसी एशियाका पस्र्याङ शाखा प्रमुख सुवास सुवेदी पक्राउ

पोखरा, ८ चैत ।

बलात्कार आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठसँगै एनआइसी एशिया बैंकका पस्र्याङ ब्राञ्च म्यानेजर सुवास सुवेदी पनि पक्राउ परेका छन् । उनीहरु दुवैलाई एउटै किशोरीमाथि यौन कार्य गरेको आरोप लागेको हो । श्रेष्ठले पटकपटक बलात्कार गरेको र सुबेदीले यौन दुब्र्यबहार मात्र गरेको आरोप पीडित किशोरीले लगाएको विश्वस्त श्रोतले जनाएको छ । श्रेष्ठ र सुवेदी अहिले कास्की प्रहरी हिरासतमा छन्

ति १६ वर्षीया किशोरी लेकसाइडकै एक पहारीको घरमा बस्दै आएकी थिईन् । विगत ६–७ वर्षदेखि सोहि घरमा काम गर्दै स्थानीय एक विद्यालयमा कक्षा ८ मा पढ्छिन् । विहीबार बेलुकी एक्कासी उनी घर छाडेर हिँडिन् । साथीकोमा गएर रुँदै मर्छु भन्न थालिन् । प्रहरीसँगको प्रारम्भिक बयानलाई उद्दृत गर्दै श्रोतले भनेको छ, त्यसपछि मात्र साथीसँग उनले श्रेष्ठ र सुवेदीले गरेको कर्तुत भन्न थालिन् । सुन्दर श्रेष्ठको घरको आडमै ति किशोरीले आश्रय लिएर बसेको घर छ । झ्यालबाट नै गएर यौन कार्य गरेर फर्कने गरेको बयान किशोरीको छ ।

बैंकका शाखा प्रमुख सुवेदीले भने बलात्कार नै नगरेको तर संवेदनशील अंग चलाउने, यौन दुव्र्यवहार गर्ने गरेको आरोप किशोरीको छ । अहिले किशोरीलाई मेडिकल परीक्षण गरिएको बताएपनि प्रहरीले थप जानकारी दिन मानेन । कास्की प्रहरी प्रमुख एसपी ओम रानाले आफू तीन दिने बिदाको लागि काठमाण्डौ रहेको तर श्रेष्ठ र सुवेदी पक्राउ परेको पुष्टि गरे ।

पर्यटन ब्यवसायी सुन्दर कुमार श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा २०७४ जेठमा नियुक्त भएका हुन् । यसअघिका अध्यक्ष प्रकाश मोहन खनालले कार्यकाल पूरा नहुँदै रुपा गाउँपालिकाको प्रमुखमा उम्मेदवार हुने भएपछि राजिनामा दिएका थिए । उनको राजिनामापछि रिक्त रहेको नगर विकास समितिको प्रमुखमा श्रेष्ठलाई नियुक्त गरिएको थियो । श्रेष्ठ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पनि हुन् । उनी क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष, होटल दि कान्तिपुर र रत्नदेवी हाउसका कार्यकारी अध्यक्ष, रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष पनि हुन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य श्रेष्ठ विभिन्न संघसंस्थामा पनि आबद्ध छन् ।

पोखरा फुलबारी बस्ने ब्राञ्च मेनेजर सुवेदी हालै बैंकको पस्र्याङ शाखामा प्रमुखका रुपमा नियुक्त भएका थिए । यसअघि उनी दुलेगौंडामा थिए । सुवेदी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

रञ्जन अधिकारी