पोखरामा पोषण सम्बन्धि निशुल्क प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा,चैत ९ गते ।
स्पोर्ट्स साईन्स इन्सटिच्युट नेपालको आयोजना पोखरामा न्युट्रिसन सम्बन्धि निशुल्क सेमिनार र एस.एस.आई मास्टर ट्रेनिङका बारेमा निशुल्क प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमा पोषणयुक्त खानेकुराहरु कसरी सेवन गर्नेर शरिरलाई कसरी स्वास्थ राख्न सकिन्छ र कस्ता खानेकुरा खानी भन्ने वारेमा तालीम दिईएको थियो । सो कार्यक्रमा अस्ट्रेलियन र नेपालि विज्ञ टोलीले प्रशिक्षण दिएका थिए ।

गुरुकुल विद्या सदनका सस्थापक रवि कार्किको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्ट्रेलियाका रेजिष्टरट ट्रेनर क्षितिज खड्कले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा न्युट्रिसन सम्बन्धि र एस.एस.आई मास्टर अस्ट्रेलियाबाट आएका अस्ट्रेलियन नागरीक रमेशा अमोईलले ट्रेनिङको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा क्षेत्रिय खेलकुद परिषद का अध्यक्ष सम्पूण श्रेष्ठ, अस्ट्रेलिया रेजिष्टरट ट्रेनर क्षितिज खड्क, नेपाली बडिबिल्डर महेश महर्जनले पोषणयुक्त खानाहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ८० भन्दा बढी व्यक्तिहरुको उपस्थित रहेका थिए ।