अनाथ, असहाय बालबालिका लागि सांगीतिक कार्यक्रम

चैत्र २१ , पोखरा

नयाँ बर्ष सङ्गै यहि बैशाख ७ गते पोखरामा असहाय बालबालिकाको सहयोगार्थ साँगीतिक कार्यक्रम हुने भएको छ । सेभ द चिल्ड्रेन,सेभ द नेसनको आयोजनामा अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागी उक्त साँगीतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिए ।

नेपाली सिने जगतका महानायक नायक राजेश हमालको उपस्थिती रहने उक्त कार्यक्रममा गायक शिव परियार,मेलिना राई,चोलेन्द्र पौडेल, लोकदोहोरी गायक प्रकाश सपुत,नेपाल आइडलबाट चिनिएकी पोखराकी गायिका निलिमा थापामगर,सन्तोष सुवेदी,सन्तोष बस्याल लगायतले साँगीतिक प्रस्तुति रहने छ ।

उक्त साँगीतिक कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।