ओम बैकद्धारा मनकामना मन्दिरलाई सहयोग प्रदान

चैत्र २१ पोखरा
ओम डेभलपमेन्ट बैंकले गोरखाको मनकामना मन्दिरलाई आर्थिक सहयोग गरेको छ । मन्दिर प्राङगणमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले रु १ लाख ११ हजार १ सय ११ को चेक समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनकामना मन्दिरलाई यो आर्थिक सहयोग प्रदान गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए । बैकले यस अघि पनि बिभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको बताइएको छ ।

२०७२ सालको महाभुकम्पका कारणले क्षति पुगेको मन्दिरलाई पुन निर्माण गर्न बैंकको यो आर्थिक सहयोगले योगदान पुग्ने र दर्शनार्थीहरुलाई समेत अझ बढी सुबिधा हुने बैंकले बिश्वास लिएको छ । यसअघि पनि बैंकले महेश आश्रम देवघाटलाई एक सेट सिसिटिभि प्रदान गरेको थियो ।