लामास्वाँरामा क्षमता अभिबृद्धी तालिम

लेखनाथ २४ चैत
नवजीवन महिला समुह कास्कीको आयोजना तथा पोखरा ३१ वडा कार्यालयको सहयोगमा पोखरा ३१ लामास्वाँरामा शनिबार स्थानीय महिलाका लागि एक दिने क्षमता अभिबृद्धी तथा कानुनी सचेतना अभिमुखिकरण सम्पन्न भएको छ ।

महिलाहरुलाइ नयाँ कानुनका बारेमा जानकारी दिन र अन्या भएकाो देखिएमा कानुनी निकाय सम्म पुगेर निर्धक्क कुरा गर्न क्षमता अभिबृद्धी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । यसैविच उक्त कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख तथा वडा नं ३१ कि स्थानीयवासी सावित्री भण्डारीले नयाँ नेपाल निर्माण अभियानसँगै हरेक तह र तप्कामा महिलाको सक्रिय सहभागिता सहित उचित अवसर र चासो खाँचो आवश्यक पर्ने बताइन् । उनले स्थानीय महिलाका समस्या समाधान गर्ने योजना माग गर्न महिला समुहलाइ सुझाउँदै आफ्नो तर्फबाट हरदम सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

नवजीवन महिला समूहकी अध्यक्ष कमला थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीयवासी समेत रहेकी संचारीका समूह गण्डकी प्रदेश की अध्यक्ष स्मीता अधिकारी तिवारी, लामास्वाँरा तमु समाजका अध्यक्ष शमशेर बहादुर गुरुगं, सुन्दरवस्ती टोलविकास संस्थाका अध्यक्ष रविमोहन भण्डारी, स्थानीय इन्द्रेणी प्राविका प्रअ मित्रलाल तिमिल्सीना लगायतले बोलेका थिए ।

कार्यक्रममा महिलाको क्षमता अभिबृद्धी अन्र्तगत नेतृत्वविकास र बोल्नेकला त्यसैगरी कानुनी सचेतना अन्र्तग तगत भदौ १ गते देखि लागु भएको नयाँ कानुन र महिला अधिकारको विषयमा अभिमुखिकरण गरिएको थियो । करिब सय जना महिला सहभागी रहेको उक्त कार्यक्रममा अधिवक्ता भुवन पराजुली र संचारीका समूह गण्डकी प्रदेश कमिटिकी अध्यक्ष स्मीता अधिकारीले सहजीकरण गरेका थिए ।