शेरा जागृति आमा समुहको दोस्रो अधिबेशन तथा बहुउद्देश्यीय भवन उदघाटन

चैत्र २४ पोखरा
वडा नम्बर १७ को , शेरा जागृति आमा समुहको भवन उदघाटन तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न दोस्रो अधिबेशनमा अध्यक्षमा पुन बिष्णु माया पौडेल चयन भएकी छिन । तेस्तैगरि समुहको उपाध्यक्षमा लक्ष्मी अर्याल सचीवमा रिता सुवेदी, कोषाध्यक्षमा रन्जु गुरुङ चयन भएका छन । समुहका सदस्यहरुमा सोचना सेन, इन्दिरा कार्की, सरु केसि , गोमा कार्की, जुना सेन, कल्पना पोख्रेल , कृष्ण लामिछाने, गिता केसि निर्वाचित भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद कृष्ण थापाले महिलाहरु सामाजमा सामाजिक कार्यकालागी अगुवाको रुपमा लागि पर्दै गर्दा अब महानगर पालिकाको उपप्रमुख सङ्ग महिला कार्यक्रममा जोडिएर महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणमा अगाडी बढनका लागि जोड दिए ।उनले निर्वाचित भएर आफू यहाँसम्म आइपुग्दा वडा नम्बर १७ का लागि सम्भावित थुप्रै योजना र कार्यहरू भैरहेको जानकारी दिए ।

कार्यक्रमा समुहका अध्यक्ष बिष्णु माया पौडेलले संस्थाको प्रगती विवरण सुनाउदै भवन निर्माणका लागि विभिन्न ब्यक्तिहरुको सहयोगमा करिब १७ लाख खर्चिएको कुरा बताइन ।

कार्यक्रममा वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थराज आचार्य , पोखरा महानगरका कार्यपालिका सदस्य राधिका योगि, वडाका सचिव सुवास पौडेल सन्चारिक समूह गण्डकी प्रदेशका सचीव तथा संचारकर्मी कन्चन थापा, नेकपा समयन्तका सुवास ढुंगाना लगायतले बोलेका थिए ।

समुहको अध्यक्ष बिष्णु माया पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत भाषण समुहका उपाध्यक्ष लक्स्मी अर्यालले गरेकी थिइन भने सचीव गंगा कुमारी शर्माले कार्यक्रम संचालन गरेकी थिइन ।