पत्रकार महिला र सामाजिक बिकाश मन्त्री पुनबिच अन्तरक्रिया

पोखरा, २४ चैत
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेबी पुन मगरले महिला ससक्तीकरण लगायतका समग्र सामाजिक विषयहरुले संचारमाध्यममा स्थान पाउनका लागि महिला बर्ग ससक्त हुनैपर्ने बताइन।

विकास, पत्रकारीता र महिलाको अवस्था लगायतका विषयमा संबन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले संचारीका समूह गण्डकी प्रदेशको पहलमा आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा आयोजना गरिएको औपचारीक भेटघाटका क्रममा मन्त्रि पुनले यस्तो बताएकी हुन् । महिलाका विषयमा बिद्यमान समस्या समाधान र भावि अवसरहरु उजागर गर्नका लागि प्रक्रियागत र परिणाममूलक काम गर्ने जो कोहिका लागि मन्त्रालयको ढोका खुल्ला रहेको पनि उनले जनाएकी थिइन् । “महिलाको विषयमा हरेक क्षेत्रमा भएका समस्या जरैदेखि पहिचान गरि समाधानको बाटोमा हामीसबै अग्रसर हुनुपर्छ सामाजिक विकासमन्त्रि पुनले बताइन् ।

राज्यको चौंथो अंग मार्फत हरेक क्षेत्रमा विकासलाइ गति दिनका लागि देशको आधा जनसंख्या ओगटेका महिला वर्गको संख्यात्मकमात्र नभइ गुणात्मक सहभागिता हुनुपर्ने उनको तर्क थियो ।

यसअघि , संचारीका समूह गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष स्मीता अधिकारी तिवारीले पत्रकार महिलाको क्षमता विकास, राज्य संरचना लगायतका अन्य क्षेत्रमा महिलाको अर्थपुर्ण सहभागिता तथा नेतृत्व, पत्रकार महिलाका चुनौति र अवसर, विकासमा पत्रकारीता क्षेत्रको योगदान लगायतका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।

कार्यक्रममा संचारिका समूह गण्डकी प्रदेश को गत पुसमा सम्पन्न पाँचौ अधिवेशनबाट निर्वाचित कार्यसमितिको परिचय सहित समुहको उद्देश्य र कार्यक्षेत्रका विषयमा छलफल पनि भएको थियो । उक्त भेटघाटमा, मन्त्रि पुनका स्वकीय सचिव चन्द्रमणी सापकोटा, संचारीका समूह गण्डकी प्रदेशका महासचिव कविता श्रेष्ठ, सचिव कन्चन थापा, कोषाध्यक्ष उमा आलेमगर, सदस्यहरु अनिसा श्रेष्ठ र तारा चापाँगाइ लगायतले बोलेका थिए ।