पोखरा १५ मा भएको वडा अध्यक्ष कपको उपाधि श्री १५ लाई

पोखरा २४ बैशाख ।

पोखराको वडा नं १५ ले आयोजना गरेको वडा अध्यक्ष कप सेभेन ए साईड फूटबल प्रतियोगिताको उपाधि श्री १५ यूथ क्लबले जितेको छ ।

वडामा रहेका करिब २५ समूहबीच भएको प्रतिष्पर्धामा प्रतिभा यूथ क्लब र श्री १५ फाईनलमा पुगेका थिए । सोमबार भएको फाईनल खेलमा प्रतिभालाई टाई ब्रेकरको शिकार बनाउँदै श्री १५ले उपाधि उचालेको हो । यसअघि भएको खेल १÷१ गोलको बराबरी भएपछि निर्णय टाई ब्रेकरबाट लिइएको हो ।

उपाधि संगै श्री १५ ले टिडिएस सहित २५ हजार नगद पुरस्कार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको प्रतिभाले टिडिएस सहित १८ हजार नगद पुरस्कार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा विजयी टिमका खेलाडीहरुलार्इृ प्रमुख अतिथि एवं राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङले पुरस्कार वितरण गरे ।

वडा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य तोरण बानिया र प्रतियोगिता संयोजक नारायण पौडेले पनि बोलेका थिए ।

सो अवसरमा खेलकूद प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने वडा नं १५ का टोल विकास संस्थाहरु, रेम्बो एकेडेमिक होम्स, नेपाल रेडक्रस सोसाईटी वडा नं १५ शाखा लगायतलाई वडा अध्यक्षले धन्यवाद ज्ञापन गरे ।