केभ सिटी पर्यटन सहकारी संस्था द्वारा सरसफाई कार्यक्रम सम्पन्न

केभ सिटी पर्यटन सहकारी संस्था पोखरा १६, बाटुलेचौरको आयोजनामा स्थानीय कालीखोलामा सरसफाई गरिएको छ । स्थानीय अर्मला जाने पुलबाट प्रारम्भ भएको सरसफाई कार्यक्रममा यस क्षेत्रका सहकारी, विद्यालय, आमा समूह, क्लव, धार्मिक संघसंस्था, बैंक तथा ठूलो संख्यामा जनताहरुको उपस्थिति रहको थियो ।

सरसफाई कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन पोखरा महानगरपालिका वडा नं. १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले वडावासीलाई आग्रह गरेका थिए । सरसफाई कार्यक्रममा सहभागीलाई केभसिटी पर्यटन सहकारीका अध्यक्ष बेनीबहादुर बस्नेतले आभार व्यक्त गरेका थिए भने कार्यक्रमको संयोजकत्व दुर्गालाल श्रेष्ठले गरेका थिए ।