विकास निर्माणमा राजनीति भन्दा माथि उठ्नु पर्दछ–मुख्यमन्त्री गुरुङ

पोखरा, ३० बैशाख

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विकास निर्माणका लागि राजनीति भन्दा माथि उठ्नु पर्नेमा जोड दिनु भएको छ ।

पोखरा १४ देउराली टोलमा निर्माण गरिएको खानेपानी बोरिङ एवम् पक्कि भवनको आज उद्घाटन गर्दै उहाँले स्वच्छ एवम् शुद्ध पानी पिउन पाउने जनताको नैसर्गिक अधिकार भएको बताउनुभयो । प्रदेश सरकारले दुई बर्ष भित्र एक घर एक धारा पु¥याउने अभियानलाई बोरिङ सञ्चालनले सहयोग पुगेको बताउँदै उहाँले सरकारले हालसम्म प्रदेशमा छ हजार भन्दा बढी नयाँ धारा जडान गरिसकेको जानकारी दिनुभयो ।

भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बोरिङ खानेपानीको शुद्धिकरणका लागि प्रदेश सरकारकोतर्पmवाट आवश्यक सहयोग गर्ने बताउनुभयो । सरकारको मुख नताकी जनस्तरबाट बोरिङको सञ्चालन गरेर खानेपानीको व्यवस्था गर्नु महत्वपूर्ण कार्यभएको उल्लेख गर्दै उहाँले यस्ता कार्यले समाजलाई संगठीत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो

वडाको दुर्गा भगवती र देउराली टोलमा छुट्टाछुट्टै दुईवटा खानेपानी बोरिङ र पक्कि भवन सहित ३२ लाख ७४ हजार १६६ रुपैया खर्च भएको बोरिङ उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद पोख्ररेलले जानकारी दिनुभयो । खानेपानीको हाहाकार भएपछि २०६२ सालमा स्थानीयको सकृयतामा १७ लाखको लागतमा बोरिङ गरि पानीको सुविधा पु¥याउँदै आएको बताउँदै उहाँले वस्ती विस्तारकासंगै पानीको माग बढेपछि १८ लाख ८ हजार रुपैयामा नयाँ बोरिङ सञ्चालनमा ल्याइएको हो ।

खानेपानीको पाईप विस्तारका लागि पोखरा महानगरपालिकाबाट २० लाख रुपैया प्राप्त भएको उक्त दुई वटा वोरिङबाट हालसम्म दुगाभगवती, देउराली,नयाँ शिवालय, माथिल्लो शान्ति, तल्लो नयाँ विकास, राधाकृष्ण, खाल्टे, मनकामना, शुभकामनाटोलका एक हजार ६७ घरपरिवारलाई खानेपानी सुविधा पुगेकोछ ।

कार्यक्रमा बोरिङ सञ्चालनमा उल्यखनीय सहयोग गरेबापत वडाध्यक्ष प्रेमबहादुर कार्कीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा संस्थाका गोकर्ण कार्की, डा. प्रमेश्वर पोखरेल, रेमश जिसी, मोतिबहादुर वानिया, नारयाणप्रसाद भण्डारी लगायतले बोरिङ निर्माणसंगै खानेपानीको सुविधा पुगेको बताउनुभयो ।