रुपागाउँको पोल्याङमा बालबिवाह बिरुद्धको सचेतना

लेखनाथ ३१ बैशाख
रुपा गाउँपालिका वडा नं ३ पोल्याङटारमा बालविवाह बिरुद्ध जनचेतना स्वरुप दुइ दिने कानुनी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न भएको छ रुपा गाउँपालिकाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघको सहकार्यमा बिहिबार र शुक्रबार कार्यक्रम संचालन भएको हो ।

पोल्याङटारको कुमाल वस्तीमा वालविवाह गर्ने र गरिदिने प्रवृति कायमनै रहेकोले बालबिवाह र बहुविवाह संबन्धि नयाँ कानुनी संरचनाको बारेमा स्थानीयवासीलाइ जानकार बनााउने उद्देश्यले यो कार्यक्रम गरिएको रुपा गाउँपालिकाका उपप्रमुख लालसुब्बा गुरुङले बताइन् ।

कास्कीको सिद्ध गाविस, लमजुगंको मध्यनेपाल नगरपालिका र तनहुँको सिसाघाटको सिमानामा पर्ने पोल्यागटार मा रहेको कुमाल वस्तीमा वालविवाहको चलन कायमनै छ । त्यहाँ सामाजिक र पारिवारिक रुपमानै वालविवाहले प्रश्रय पाएको भन्दै यस प्रति गम्भिर हुन सरोकारवाला निकायका प्रतिनिधिले सुझाएका छन् ।

यसैविच उक्त कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपमेयर मन्जु देबी गुरुङले देश नयाँ संरचना र नयाँ शासन पद्दती विकास भइरहेको बेला महिला र बालबालिका माथिको ह्रिंसा जारीनै रहनु वास्तवमै विकासको बाधक भएको बताइन् । उनले कुनै एक ठाउँमा देखिएको ठुलो समस्या सबै देशवासी र सरोकारवालाकै साझा समस्या हो भन्दै महिला र बालबालिकाको सवालका जुनसुकै समस्या समाधानमा सहकार्य गर्न पोखरा महानगरपालिका तत्पर रहेको बताइन् ।

कार्यक्रममा रुपा गाउँपालिकाका उपप्रमुख लालसुब्बा गुरुगंले हिंसा, अधिकार र कानुन सम्बन्धि प्रशिक्षणहरुले महिलाहरुलाइ अन्य सामाजिक विकासका काममा समेत भाग लिइ आँफूलाइ व्यस्त र स्वस्थ राख्न सहयोग पुग्ने बताइन् । महिलाका लागि सबै भन्दा ठूलो हिंसा बालविवाहबाट नै शुरु हुने भन्दै उनले मानसिक , शारिरिक र सामाजिक रुपमा ससक्त भएपछि विवाह गर्नु पर्ने चेतना फैलाउन रुपागाउँपािलका लागि परेको जनाइन् ।

कार्यक्रमकै विच सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले बालमैत्री शासन व्यवस्था कायम गर्न संपूर्ण सरोकार निकाय लागि परेको बेला वालविवाह गर्ने सामाजिक मान्यता र मनोविज्ञान परिवर्तन गर्नै पर्ने बताए ।

स्थानीय विद्यार्थी, सामाजि व्यक्तित्व र कुमाल वस्तीका स्थानीयवासी उक्त दुइ दिने तालिममा सहभागि थिए । तालिममा अधिवक्ता भुवन पराजुली र संचारीका समुह गण्डकी प्रदेशका अध्यक्ष स्मीता अधिकारीले लैंगिक हिंसा, वालविवाह र नयाँ कानुनी संरचना सम्बन्धि सहजीकरण गरेका थिए । कार्यक्रममा रुपा ३ का वडाध्यक्ष रामजी अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय सदस्य सरिता कुमाल, सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सामुदायिम वन उपभोक्ता समिति रुपा गाउँपालिकाका बुद्धी बहादुर घिमिरे लगायतले बोलेका थिए । कार्यक्रमको संचालन स्थानीय हरिकला गौतमले गरेकी थिइन् ।