पोखराबाट ठूलो रकम सहित ६ जुवाडे पक्राउ परेका छन्

पोखरा ३ जेठ ।
। पोखरा ७ मासबाटरमा डेरा गरि बस्ने ३५ बर्षिया मुना गुरुङले अवैध रुपमा जुवातास खेलाएको पाएपछि प्रहरीले विशेष अपरेशन गेरेको थियो। तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तिन बुक तास र १ लाख ५२ हजार रुपैयाँ नगद समेत प्रहरी ले बरामद गरेको छ। पक्राउ पर्ने हरूमा नदिपुर ३ बस्ने पुर्ण बहादुर गुरुङ ,पोखरा महानगरपालिका बडा नं ५ बस्ने बर्ष ३९ को ठाकुर गुरुङ , पोखरा महानगरपालिका बडा नं ७ बस्ने बर्ष ३७ कि प्रेम कुमारी गुरुङ ,पोखरा महानगरपालिका बडा नं ७ बस्ने बर्ष ३५ कि मिना पुन,
पोखरा महानगरपालिका बडा नं ८ बस्ने बर्ष ४० कि संगिता गुरुङ,
पोखरा महानगरपालिका बडा नं १५ बस्ने बर्ष ३६ कि मुना गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए।