रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा गाडिको प्रसंग ल्याएर बद्नाम गर्ने कोसिस : प्रधानमन्त्री ओलि

१८ जेष्ठ २०७६, पोखरा ।
पोखरामा शनिबार आयोजित रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानको औपचारिक घोषणा सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडवडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् ।

रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा गाडिको प्रसंग ल्याएर बद्नाम गर्ने कोसिस भयो उनले थपे एकथरि अत्यन्तै छुद्र मतिका मान्छेहरुलाई सार्है पोलेछ, वास्तवमा अधिकारी निर्दोष हुनुहुन्छ, मैले त्यही कुरा भनेँ, उहाँको कुनै संलग्नता नै छैन, केहि भुइँफुट्टा तत्वहरु, केहि भुईँफुट्टा संस्थाहरु, प्रधानमन्त्रीले यसरी कुनै अदालतले फैसला नगरेका कुरामा निर्दोष छ भन्न पाइन्छ भने, के अदालतले फैसला नगरेका कुरामा दोषी भन्न पाइने, मनपरि भन्न पाइने आरोप लगाउन पाउने, संलग्नता नै नभएको कुरामा निर्दोष छ भन्न नपाइने ? केहि पूर्वाग्रही छुद्र ढंगले चल्न खोज्ने संस्था न्यायाधिश बन्न खोजेको भन्दै यसरि उनले आक्रोश ब्यक्त गरे ।

उनले स्वर्गीय नेता अधिकारीले आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जिकिर गरे । प्रधानमन्त्री ओलीले भने नयाँ मन्त्री हुनुहुन्थ्यो, पर्यटन क्षेत्र बुझ्नुपर्यो, संस्कृति क्षेत्र बुझ्नुपर्यो, कसरी बुझ्नुहुन्छ भन्ने सोच्थे तर उहाँले निकै कुशलतापूर्वक काम गर्नुभयो ।’

प्रधानमन्त्री ओलीले ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना भएको घोषणा गर्दै सरकारले प्रतिष्ठानका लागि एक करोड रुपैँया सहयोग गर्ने बताए । उनले कास्कीका बासिन्दालाई रवीन्द्र अधिकारी जस्तो नेता पाएकोमा गर्व गर्न आग्रह गरे ।

रवीन्द्रकी पत्नी विद्या भट्टराईको अध्यक्षतामा गठन भएको प्रतिष्ठानमा ३५ सदस्यीय तदर्थ र ४१ सस्दयीय सल्लाहकार समिति रहेका छन् । प्रतिष्ठानकी अध्यक्ष विद्याको अनुुसार रवीन्द्रका सोच र दृष्टिकोणलाई स्थायी बनाउन परिवार, साथीभाइ र पार्टीको तर्फबाट चुनिएका ब्यक्तिहरु समितिमा रहेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानलाई गर्नुपर्ने सहयोगमा आफू प्रतिवद्व रहेको बताए ।

कास्की क्षेत्र नं २ का सङ्घीय सांसद् रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।