वडा नम्बर ३१ को वडा कार्यलयमा चोरी

२३ जेठ २०७६
बुधबार राति पनि पोखरा महानग रपालिका वडा नम्बर ३१ को वडा कार्यालयमा चोरी भएको छ । वडा कार्यालयका अनुसार प्राविधिक शाखाबाट इन्जिनियरको डेक्सटप , सिपियु र जुनियर इन्जिनियरको ल्यापटपसहित वडागत योजनाका इस्टिमेट र विलहरु लगायतका अन्य उपकरणहरु चोरिएका छन् ।
एकपछि अर्को गरी कार्यालयहरु चोरी भइरहेका छन् । अहिलेसम्म महानगरपालिकाका वडा नम्बर ५, १३, १४, १५ , १६ र ३१ को कार्यालयमा चोरी भईसकेपनि प्रहरीले चोर पनि पत्ता लगाउन भने सकेको छैन ।