बिप्लबका १८ कार्यकर्ता अन्नपूर्ण गाउपालिका बाट पक्राउ

२६ जेठ २०७६ पोखरा ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ नेता तथा कार्यकर्ता पोखराबाट पक्राउ परेका छन् । शनिबार अन्नपूर्ण गाउँपालिका–११ बाट साँझ ६ बजे स्थानिय आमा समुहको भवनमा बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेकपाको उक्त विशेष बैठक छ भन्ने बारे कास्की प्रहरीले अघिल्लो दिनमै थाहा पाइसकेको थियो । सोही सूचनाको आधारमा सिभिलमा प्रहरी परिचालन गरी निगरानी बढाएको थियो ।

प्रहरीको सूचनामा विप्लबका मध्यपश्चिम क्षेत्रका कमाण्डर सहित नेताहरु अन्नपूर्ण गाउँपालिकामा हुने विशेष बैठकमा सम्बोधन गर्न आउने बताएपनि प्रहरीले निगरानी बढाएको थाहा पाएको उक्त टोली भने अन्नपूर्ण गाउँपालिका नै पुगेन ।

विप्लवको टोली स्थानीय आमा समुहको भवनमा बसेर विशेष छलफलको तयारी गरिरहेको समयमा प्रहरीले घेराहालेर साँझ ६ बजेतिर मात्रै १८ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान सुरु गरेको कास्की प्रहरीले जनाएको छ ।