कांग्रेसको चेतावनी : गुण्डा नाइके राधेलाई नछोडे आन्दोलनमा उत्रिने

२७ जेठ २०७६ पोखरा ।
गत बिहीवार पक्राउ परेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारीलाई रिहा नगरे आन्दोलन चर्काउने कांग्रेसले चेतावनी दिएको छ । धादिङ जिल्लाका प्रायः सबै विकास निर्माणको ठेक्का हत्याउने र समयमा कामसमेत नगर्ने राधेलाई नेपाली कांग्रेस एवं विशेष कांग्रेस धादिङले संरक्षण दिँदै आएको थियो ।

तत्कालीन नेकपा एमाले निकट रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि राधे नै अपराध कर्म गर्दै आएको बताइन्छ । धादिङमा राजनीतिको आवरणमा हप्ता असुलीदेखि विभिन्न अपराधीक गतिविधी गर्दै आएको भण्डारी समूहलाई कसैले पनि नियन्त्रणमा लिन सकेको थिएन।

गत बिहीबार प्रहरीले भण्डारीसहित नीलकण्ठ नगरपालिका–३ बस्ने सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापामगरलाई नियन्त्रणमा लिएको हो । राधेको टोलीले स्थानीयलाई धम्की दिएर कुटपिट गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेको थियो। सो टोलीले जनक मगरसहितका स्थानीय बुढाबुढीमाथि समेत आक्रमण गरेका थिए