छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ

२८ जेठ पोखरा ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन् ।

उनले १८ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेका हुन् ।

उनले छोरीलाई विगत ३/४ वर्षदेखि बारम्बार बलात्कार गर्दै आएको आरोप लागेको छ। उनले विदेशतिर बाबु–छोरीले सम्पर्क राख्ने गरेको बताउँदै जर्बजस्ती गर्दै आएका थिए ।

छोरी बलात्कार गरेको आमाले थाहा पाएपनि घटना आफ्नै घरको भन्दै लुकाएको प्रहरीको दाबी छ। तर बलात्कारको क्रम नरोकिएपछि जेठ १९ गते घटना बाहिर आएको हो।

उपसचिवकी छोरी कलेजका शिक्षकसँग प्रेम सम्बन्धमा थिइन् । प्रेमीकै दबाबमा उपसचिवकी छोरीले बाबुविरुद्ध जाहेरी दिएकी थिइन्