पोखराको उत्तमचोकमा गोली चल्यो, प्रहरी सहित दुई घाइते , लागूऔषध काराेवारीबाट १५०० थान लागूऔषध बरामद

प्रहरीको जवाफी कार्वाहीमा गोलि लागेर घाइते भएका लागू औषध कारोबारी ।

२०७६ जेष्ठ २९ , बुधवार
पोखरा । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

लागू औषध किननेचको खबर पायपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

प्रहरीले चलाएको गोलीबाट पोखरा १० निवासि गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध र ग १३ प ८२२८ नं को मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।