गण्डकी स्टारको उपाधि कुशुम र निलिमालाई

पोखरा १ असार ।
नन्द ईन्टरटेण्टमेण्टको आयोजनामा पोखरामा आयोजित नृत्य विधाको गण्डकी स्टार सिजन २ शनिबार सम्पन्न भएको छ ।

जुनियर र सिनियर गरी दुई विधामा आयोजित उक्त प्रतियोगितामा सिनियर तर्फ कुशुम गुरुङ र जुनियर तर्फ निलिमा गुरुङले प्रथम स्थान हासील गरेका छन् । सिनियर तर्फ राजा चौधरी द्वित्तिय, रविना विक तृतिय र स्यारोन शाही चौथा हुन सफल भएको कार्यक्रम संयोजक देवेन्द्र एस के ले जानकारी दिए । त्यस्तै जुनियर तर्फ जश्मिन गुरुङ, अंकिता क्षेत्री, कुशुम गुरुङ र सुशिला पौडेल क्रमसः द्वित्तिय, तृतिय र चौथो हुन सफल भए ।

प्रतियोगिताको निर्णायकमा नृत्य प्रशिक्षक एवं कोरियोग्राफर धर्मेन्द्र पौडेल, जमुना देवकोटा र मनिषा तामाङ रहेका थिए । अडिसनबाट कूल २५ जना सहभागि भएको उक्त प्रतियोगिताको छनौट चरणबाट ९ जना ग्राण्ड फिनालेमा पुगेका थिए ।

सो अवसरमा अलौकिक कवि एवं सञ्चारकर्मी देशभक्त सिंह कुँवरलाई भर्साटाईल उपाधि र सञ्चारकर्मी कञ्चन थापालाई दोशल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । प्रदेश ट्राफिक कार्यालय गण्डकीका एस पी विरेन्द्र बस्यालले कार्यक्रम उद्घाटन गरेका थिए ।

नन्द ईन्टरटेन्टमेन्टका सल्लाहकार जीवन सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन देवेन्द्र एस के र श्रेया महर्जन र सबिता सापकोटाले गरेका थिए ।