विद्यालयको मैदान निर्माण सामाग्री थुपार्ने थलो बन्यो,अनविज्ञ सम्वन्धित निकाय

२० असार ।

लेखनाथको बिजयपुरमा रहेको श्री भवानीकालीका माध्यमिक विद्यालयको मैदान यतिबेला निर्माण सामाग्री थुपार्ने थलो भएको छ । विद्यार्थीले शिक्षण अभ्यास र अतिरिक्त क्रियाकलाप गर्नुपर्ने विद्यालयको हाता भित्रै रहेको मैदानमा बाटो निर्माण गर्ने सामाग्री र खानेपानीका पाईप थुपार्दा विद्यालय क्षेत्र अस्तब्यस्त बनेको हो ।

पोखरा महानगरपालिका वडा नम्वर २६ मा रहेको उक्त विद्यालयको मैदानमा त्यहिँ नजिकै ठेकेदार कम्पनीले निर्माण गर्न लागेको बाटोका निर्माण सामग्री थुपारीएका हुन् । बाटो निर्माण गर्ने मजदुरलाई समेत विद्यालयका कोठामा नै आश्रय दिएर राखिएको छ ।

विद्यालयको मैदानमा केही समय अघिदेखी खानेपानीका पाईपहरू अव्यवस्थीत रूपमा राखिएकोमा अहिले आएर झन् मैदानको विच भागमा नै बाटोका निर्माण सामग्री समेत राखिएपछी विद्यालयको मैदान अस्तब्यस्त बनेको स्थानियले गुनासो गरेका छन् ।

साना बालबालिका समेत अध्ययन गर्नुपर्ने बिध्यालयमा यसरी निर्माण समाग्री र पाईपहरु अब्यबस्थित रुपमा राखिदा र दैनिक दर्जनौ ट्रिपर लगायतका ढुवानी गर्ने सवारी साधन आवतजावत गर्दा दुर्घटना बढ्न सक्ने स्थानियको आशङ्का छ । स्थानिय नरेश पौडेलले त आफ्नो फेसबुकमा नै यसैको बिरोध गर्दै स्टाटस समेत लेखेका छन् । उनको स्टाटसमा कमेन्ट मार्फत स्थानियले साथ समेत दिएका छन् ।

पौडेलले लेखेको फेसबुक स्टाटसमा बिद्यालय जस्तो संबेदनशिल क्षेत्रमा यस्ता निर्माण सामाग्री राख्न कसले र किन कुन उद्देश्यले दिएको हो ? यसमा कसै न कसैको स्वार्थ अबस्य लुकेको हुनु पर्छ भन्दै प्रश्न गरेका छन् ।उनले विद्यालयमा वनाईएको नयाँ टिनको भवन कुन उद्देश्यले वनाएको हो ? त्यसको सही सदुपयोग नगरी विद्यालयको हाता भित्र नै कोठा भाडामा लगाएर तीन ओटा कोठामा करिव ३० जना मजदुरूलाई आश्रय दिदा पठन पाठनमा समस्या आउने जिकिर समेत प्रस्तुत गरेका छन् ।

पौडेलले लेखेको स्टाटसमा सहमती जानाउदै कमेन्ट मार्फत स्थानिय ईन्जिनियर गणेश थापा, गङ्गा केसी ,इश्वरी थापा ,लक्ष्मी रानभाट , भेष राईभाट, राजु अधिकारी लगायतले सम्बन्धित पक्षको ध्यान जान जरुरी रहेको बताएका छन् । बाटो निर्माण गर्ने मजदुरले प्रयोग गर्ने शौचालय र विद्यार्थीले प्रयोग गर्ने शौचालय एउटै हुँदा थप समस्य देखिएको स्थानियको गुनासो छ ।

सो बिद्यालयका प्रधानध्यपक रमेश भट्टराईले अप्ठेरो परेको कारण ५/६ दिनको लागि मात्रै उक्त निर्माण सामाग्री बिद्यालय हाता भित्र राख्न दिएको बताए पनि बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शिब बहादुर रानाभाटले महिनौ त्यी निर्माण सामाग्री बिद्यालय हाता भित्र नै रहन सक्ने सङ्केत गरेका छन् । यो आर्थिक बर्ष भित्र सकिने योजना भएकोले बढीमा १५/२० दिन पछि त्यी निर्माण सामाग्री हट्ने रानाभाटको भनाई थियो । रानाभाटले स्थानिय कै सहमतीमा त्यि निर्माण सामाग्रीहरु बिद्यालय हाता भित्रै राख्न दिएको दाबी समेत गरेका छन् ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष र प्रधानध्यपक दुबैले उक्त निर्माण सामाग्री राख्न दिए बापत ठेकेदार कम्पनीले बिद्यालयलाई १० हजार रुपैयाँ भाडा र मजदुरले प्रति महिना २ वटा कोठाको ५ हजार रुपैयाँ भाडा तिर्ने मौखिक सहमती गरेको जानकारी दिए ।निजि श्रोतमा शिक्षकहरु राख्दा आर्थिक रुपमा बिद्यालयलाई समस्या परेको कारण पनि आर्थिक संकलनका लागि यस्ता उपायहरु अपनाउन आफुहरु बाध्य रहेको प्रधानध्यपक भट्टराईको भनाई छ ।

यस बिषयमा जानकारी लिन खोज्दा पोखरा महानगरपालिका वडा नम्वर २६ का वडा अध्यक्ष नारायण प्रसाद बरालले आफुलाई यस बिषयमा जानकारी नरहेको भन्दै बुझे पछि मात्रै यस बिषयमा थप भन्न मिल्ने बताए । गलत काम भएको भए त्यसलाई रोक्ने उनको भनाई थियो ।