रेडक्रस बैदामको प्रशिक्षण सम्पन्न

पोखरा, २२ असार ।
नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाको आयोजनामा विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले रेडक्रसले समाजमा खेलेको भुमिकाको प्रसंसा गर्नुभयो । त्यस्तै उहाँले बैदाम उपशाखा पछिल्लो दिनमा निकै सक्रिय रहेको उल्लेख गर्दै विपदमा परेका नागरिकको सेवामा तयार रहन सबैलाई अनुरोध गर्नुभयो । रेडक्रसले नेपालमा रगतको पुर्ती गर्दै आएको उल्लेख गर्दै समाजका हरेकले रेडक्रसलाई आफ्नै संस्था भनेर माया गरेको पनि बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष जगत बहादुर पाहारी, नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य मंगल नेपाली, रेडक्रस उपशाखाका उपाध्यक्ष उमा भण्डारी, बैदाम उपशाखाका सहसचिव तुलसी दाहाल, सदस्य ओम विक्रम ओझा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका प्रशासकीय अधिकृत खेमराज सापकोटा र शाखा अधिकृत मोहन सिंह खड्काले नेपाल रेडक्रस सोसाइटीका सिद्धान्त, विपद व्यवस्थापनको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाका सभापति गिरिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुर्यनाथ पहारीले गर्नुभएको थियो ।