वामपन्थी नेता श्रीनाथ अधिकारी (श्याम) को निधन

पोखरा असार २२ ।

पुराना वामपन्थी नेता श्रीनाथ अधिकारी (श्याम) को निधन भएको छ । उनको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको हो।

उनलाई फोक्सोको क्यान्सर भएको थियो । देब्रे फोक्सोमा क्यान्सर भए पनि त्यो शरीरको सबै ठाउँमा फैलिइसकेको कारण निधन भएको परीवारीक श्रोतले बताएको छ ।

अधिकारी २०४८ सालको निर्वाचनमा गोरखा क्षेत्र नं. १ बाट जनमोर्चाको तर्फबाट टिकट लिएर चुनाव लडेका थिए । त्यसबेला उनी १ हजार ५ सय मतअन्तरले नेपाली कांग्रेसका चिरञ्जीवी वाग्लेसँग पराजित भएका थिए ।