लायन्स क्लव अफ पोखरा अमर बुद्धको आयोजनामा ३ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम

पोखरा साउन ५

लायन्स क्लव अफ पोखरा अमर बुद्धको आयोजनामा ३ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सन्चालन भएको छ ।

लायन वर्ष २०१९/२० शुरु भएसंगै क्लबका सदस्यहरुलाई नेतृत्व तथा सार्वजनिक भाषणका तालिम प्रदान गरिएको क्लवका कार्यक्रमका संयोजक सिला कर्मचार्यले जानकारी दिइन ।

लायन्स क्लब भनेको समाज सेवाको अलावा नेतृत्व विकासको प्लेटफार्म हो’अब दिदिबहिनिहरु सशक्त रुपमा अगाडि बढ्नुपर्ने कुरा क्लस्टर २२ का क्लस्टर प्रमुख तथा कार्यकमका प्रमुख अतिथि प्रशान्त धमलाले बताए ।

महिला मात्र सम्मिलित लायन्स क्लव अफ पोखरा अमर बुद्धले पछिल्लो क्रममा सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गरेको छ ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका डिपुटी डिपार्टमेन्ट चिफ लायन बालकृष्ण शर्माले महिला सशक्तिकरणका लागि तथा साझेदारीका लागि पनि क्लवले महत्त्वपूर्ण भुमिका खेल्ने उल्लेख गरे ।

क्लवका निवर्तमान अध्यक्ष तथा जोन चियर पर्सन शान्ता थापाले महिला महिला सशक्तिकरणको पाटोमा आफुलाइ अब्बल बनाउनको लागि यस्ता कार्यक्रमले ठुलो भुमिका खेल्ने बताइन् ।

क्लबका अध्यक्ष लायन सरिता कार्किको अध्यक्षतामा भएको कार्यक्रम साउन ५,६ र ७ गते ३ दिन सम्म संचालन हुने छ उक्त कार्यक्रममा रिजन चियर पर्सन लायन सुर्यनाथ बराल र मधुसुधन कोइरालाले लगाएतले बोलेका थिए ।

सञ्चारकर्मी कन्चन थापाले उद्घोषण कला, सार्वजनिक भाषण तथा सकारात्मक सोँचका विषयमा ३ दिन सम्म सहजीकरण गर्ने छिन । क्लबका सचिव कल्पना रानाभाटले सन्चालन गरेको उक्त कार्यक्रममा स्वागत भासण क्लबका दितिय उपाध्यक्ष मन्जु बानियाले गरेकी थिइन ।