पांचदिने उदघोषण तथा उद्दमशिल बिकास तालिम सम्पन्न

साउन १२, पोखरा /
महिला उद्दमी संघ कास्की नेपालको आयोजना तथा हङकङ ब्युटी पार्लर एन्ड ईन्स्टिच्युट प्रा. लि र गोर्खा एन्ड बराह ज्वेलर्स इन्डस्ट्रिजको सहयोगमा पोखरा महानगरपालिका वडा २ मा संचालित पांचदिने उदघोषण तथा उद्दमशिल बिकास तालिम आज सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले अब महिला दिदि बहिनीहरुले तालिमको आशा भन्दापनि अबसरको खोज गर्न जरुरि रहेको बताउनु भयो ।

कार्यक्रमका बिशेस अतिथि वडा नं २ का वडाअध्यक्ष रामेश्वर मल्लले आगामी दिनमा महिला शसक्तिकरणका लागि वडाले पहल गर्ने बताउनुभयो ।

अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष तथा बरिस्ठ संचारकर्मी शान्ति गुरुङले आफुले सिकेका कुरालाई उद्दमशीलता संग जोडेर अगाडी बढन आग्रह गर्नुभयो ।

तालिममा गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङ,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष तथा बरिस्ठ संचारकर्मी शान्ति गुरुङ, संचारिका समुह गण्डकी प्रदेशका सचिब कन्चन थापा,गोर्खाली रेडियोका स्टेसन म्यानेजर खिमा गुरुङ तथा सुमन गिरी प्रशिक्षकको रुपमा रहनुभएको थियो ।

प्रशिक्षार्थी बिना नापित ,लक्ष्मी पौडेल लामिछाने र बिन्दु पराजुलीले तालिमका दौरान सिकेका अनुभब सुनाएका थिए र उनीहरुको उत्साह सक्रियता र प्रस्तुतीकरण लाई प्रोत्साहन दिन हङकङ ब्युटी पार्लर एन्ड ईन्स्टिच्युट प्रा. लिले बिशेस पुरस्कार दिएको छ ।

महिला सुरक्षा दबाब समुहका अध्यक्ष शुसिला पराजुलीको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको छ ।अब लगत्तै यो तालिम वडा १७ १२ र १३ मा पनि संचालन गरिने सो अबसरमा जानकारी गराइएको छ ।