महिला सशक्तीकरणका लागि आर्थिक क्रान्ति जरुरी छ , उपमेयर मन्जु गुरुङ

श्रावण १९ पोखरा ।
पोखरा ५ पर्स्याङ्गमा हाम्रो रचनात्मक गार्मेन्ट उद्योग खोलिएको छ । थोरै लगानिबाट वडा नम्बर ५ का महिला दिदिबहिनीहरुले उक्त उद्योग सन्चालानमा ल्याएका हुन ।

पोखरा महानगरपालिका वडा नम्बर ५ बाट २ लाख बजेट र उक्त उद्योगमा आवद्ध विभिन्न समुहका ३३ जना दिदिबहिनिबाट उठेको रकम गरि कुल साढे तिनलाख रुपैयाबाट उद्योग सन्चालन गरिएको उद्योग सन्चालक समितिको संयोजक तथा वडा नम्बर ५ का वडा सदस्य अन्जु क्षेत्रीले जानकारी दिइन । उनले आर्थिक समृद्धि का लागि यो उद्योग निकै उपयुक्त भएको कुरा बताइन ।

उद्योगको आइतबार एक औपचारिक कार्यक्रम बिच पोखरा महानगरपालिका का उपमेयर मन्जु देवि गुरुङले उद्घाटन गरिन । उपमेयर गुरुङ्गले हिजोको दिनमा लिएको तालिम मात्र तालिममा सिमित नभएर अब ती तालिमहरुलाइ व्यबहारमा लागू गरि आर्थिक पाटोलाइ उकास्न जोड दिइन । आर्थिक उन्नतिका लागि यस्ता खाले उद्योग उपयुक्त रहेको कुरा बताउदै उनले महिलाहरुका लागि विभिन्न क्षेत्रमा काम गर्न उपमेयर सङ्ग महिला कार्यक्रममा जोडिनका लागि आग्रह गरिन ।

पोखरा महानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालिले महिलाहरुको जिवनस्तर परिवर्तन गर्नका लागि अब उद्योगहरु सन्चालनमा ल्याउनु पर्ने कुरा बताए । नेपालिले वडाले आगामी दिनमा पनि विभिन्न उद्योग खोल्ने र महिला दिदिबहिनीहरुका लागि आर्थिक पाटोलाइ मजबुत बनाउने कुरा बताए ।

उद्योग सन्चालन समितिका अध्यक्ष राधिका अधिकारिले दिदिबहिनीहरु तालिममा सहभागी मात्र भए तर सदुपयोग हुन नसकेको बेला यो उद्योग निकै महत्त्वपूर्ण रहने बताइन । उनले भोलिका दिनमा सेयर सदस्य बढाएर वडाका अरु दिदिबहिनीलाई समेटने कुरामा जोड दिइन । अध्यक्ष अधिकारिले पोखराको सुन्दरता कायमै होस भनि वातावरण मैत्री झोला लगायत लेडिज ब्याग, स्कुल ब्याग ,जुत्ता ,चप्पल लगायतका सामान उत्पादन गर्दै आएको र आगामी दिनमा बजारको माग अनुरुप उत्पादन गर्ने कुरा बताइन ।

ससत्रका डि एस पि प्रेम ध्वज शाह, पर्श्याङ्ग टोलबिकाश सस्था डिल्लिराम भट्टराई वडा सदस्य उज्जल खत्री , संचारकर्मी कन्चन थापा , वडा सदस्य हरिमाया बिश्वकर्मा आमा समुहका तर्फबाट सिर्जना शाह लगाएतले बोलेका थिए ।