नवजीवन महिला बिकाश संस्थामा नयाँ कार्य समिती चयन , अध्यक्षमा गंगा कुमारी

श्रावण २५ पोखरा

पोखरा महानगर पालिका वडा नम्बर १० को नवजीवन महिला बिकाश संस्था छैटौं साधारण सभा तथा दोस्रो अधिबेशन यहि शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले संस्था अध्यक्षमा गंगा कुमारी पराजुली पौडेललाई चयन गरेको छ भने उपाध्यक्षमा सिमा पोख्रेल ,सचीवमा साग्रिला के सि मर्सानी,कोषाध्यक्षमा कृष्ण माया पराजुली,सह कोषाध्यक्षमा पार्वती थापा निर्वाचित भएको निवर्तमान तथा सस्थाका सस्थापक अध्यक्ष कमला थापाले जानकारी दिइन।

सस्थाको कार्यसमितिमा रेवती पौडेल ,हरिमाया भुजेल, बिष्णु माया अधिकारी, तारा बस्नेर,सुर्य माया थापा, निरकुमारी हमाल सीता भुजेल छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा चेम्बर अफ कमर्सका उद्योग उपाध्यक्ष एवं महिला चेम्बरका अध्यक्ष गिता तिवारिले अब महिलाहरुले आउदैन र जान्दिन भनेर पछि परेर नबस्न सुझाव दिइन । उनले समाज परिवर्तनको लागि महिला दिदिबहिनिको ठूलो भुमिका रहने हुदा अब दिदी बहिनिहरु अर्थिक पाटो बाट पनि बलियो हुन आग्रह गरिन साथै महिला दिदिबहिनीको आर्थिक पाटोलाइ सशक्त बनाउन आफुले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

कार्यक्रममा पोखरा महानगर पालिका वडा नम्बर ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले महिला सशक्तीकरणका सकारात्मक कुराहरु अपनाउन र सस्थाको बिधानले दिए आफ्नो वडाका महिला दिदिबहिनीहरु सङ्ग समन्य गरेर शाखा खोल्न आग्रह गरे ।

त्यसै गरि वडा नम्बर १० का वडा सदस्य दिपक बहादुर थापाले नवजीवन महिला बिकास सस्थाले अहिलेसम्म समाजका लागि खटिएको सस्थाको रुपामा ब्याख्या गरे । थापाले समुहको आफ्नो हल नभएता पनि शान्तिपथमा अवस्थित सार्वजनिक भवनमा आफ्ना कार्यक्रम संचालन गर्दै आएको र उक्त हल पनि जिर्ण हुँदै गएकोले आफुले मर्मतका लागि वडाबाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सस्थाका सल्लाहकार तथा शान्तिपथ टोल बिकास समितिका अध्यक्ष निश्चल पोख्रेलले समाजका लागि महत्त्वपूर्ण भुमिका खेलेको सस्था नवजिवनलाइ अब सामाजिक कार्यका लागि आफना कदम फराकिलो बनाउनका लागि आग्रह गरे साथै उनले सस्थाले उपयोग गर्दै आएको सार्वजनिक भवनलाई मर्मतका लागि लागत जस्ता पाता सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। सस्थाका सल्लाहकार पुष्प कमल पौडेलले नयाँ नेतृत्वले अबको सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेर देखाउन आग्रह गरे

समाज कल्याण समिती महिला समन्वय समितिका अध्यक्ष शान्ती थापाले नवजीवन महिला बिकास सस्था नमुना सस्थाको रुपमा रहेको र हरपल सकारात्मक मार्गमा हिड्ने कुरा मा जोड दिइन ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यलय पोखराका आधिकृत बिजय लम्साल, समाज कल्याण समितिका बालकृष्ण शर्मा, युनाइटेड क्लबका सस्थापक अध्यक्ष हिमालय बख्रेल, वडा नम्बर १० का भुपु वडा अध्यक्ष क्याप्टेन फत्ते बहाफुर गुरुङ इनर व्हिलका सस्थापक अध्यक्ष निर्मला मल्ल लगायतले बोलेका थिए भने कार्यक्रमका एस इ इ र कक्षा ११/१२ उतिर्ण सस्थाका दिदिबहिनिका छोरा छोरिलाइ सम्मान गरेको थियो ।

कमला थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मनतब्य सस्थाकि सदस्य कृष्ण माया पराजुलिले गरेकी थिइन भने सन्चालन सचिव गंगा कुमारी पराजुली पौडेलले गरेकि थिइन। अध्यक्ष कमला थापाले दिदिबहिनीहरुको साथ र सहयोगले ६ बर्ष देखि सस्थालाइ अगाफी बढाउन आफुले महत्त्वपूर्ण भुमिका खेलेको र अब नयाँ नेतृत्वले अझ प्रगती गर्ने कुरामा बिश्वस्त रहेको कुरा बताउदै नयाँ नेतृत्वलाई शुभकामना ब्यक्त गरिन ।