हमाली साँस्कृतिक परिवारको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः मेनकाजी गुरुङ सर्वसम्मत

पोखरा २६ साउन
हिमाली साँस्कृति परिवार पोखराको २२औं वार्षिक साधारणसभा तथा १०औंअधिवेशन आज सम्पन्न भएको छ ।अधिवेशनले पुनः मेनकाजी गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानबहादुर थापा,उपाध्यक्षमा गजबहादुर गुरुङ, सचिवमा श्रीजंग गुरुङ
कोषाध्यक्षमा महादेव न्यौपानेलाई सर्वसम्मतले चयन गरेको छ ।

यस्तै सदस्यहरुमा नितु गुरुङ ए र नितु गुरुङ बि, मिनप्रसाद गुरुङ, मनसुब्बा नेपाली,युवराज गुरुङ लगायतलाई सदस्यमा चयन गरेको छ । यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नेपाली मौलिक लोक संस्कृति र कलाको
संरक्षणमा हिमाली साँस्कृतिक परिवारको अतुलनिय योगदान रहेको बताउनुभयो ।

महानगरपालिकाले यसैवर्ष पोखरामा साँस्कृतिक भिलेजको स्थापना गर्ने र जसको लागि परिवारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । सकेसम्म पोखरा नयाँबजारमा रहेको क्षेत्रिय संग्रहलयलाई नै साँस्कृतिक भिलेजको रुपमा परिणत गर्ने
कोसिसमा आफूहरु रहेको र त्यसो हुन नसकेको खण्डमा पोखराबाट नजिकैको कुनै स्थानमा सो भिलेज निर्माण गरिने बताउनु भयो ।

अर्को प्रसंगमा उहाँले अब वृद्धवृद्धाका लागि सञ्चालनमा आएको होम स्टेहरु बन्द गरिनुपर्ने र नयाँ अवधारणाका साथ अबको होम स्टेहरु सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउन नेपालीमौलिक कला संस्कृति र साहित्यको राम्रो विकास हुनुपर्ने भन्दै यो कदममाहिमालीले राम्रो काम गर्दै आएको बताउनुभयो ।

परिवारका संरक्षक तथा वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीले यो पृथ्वीमा सुर्य र चन्द्ररहुनजेल हिमाली साँस्कृतिक परिवार बाँचिरहोस् भनि शुभकामना दिनुभयो । नेपाली लोक संस्कृतिको क्षेत्रमा क्रियशील रहेर विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तथा नेपाली लोक बाजा एवम् भेषभूषाको संरक्षण गर्दै आइरहेको परिवारले असङख्य रुपमा कलाकारहरुको समेत उत्पादन र बजारीकरण गर्दै आएको छ ।

परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव श्रीजंगगुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो