ट्होटे अवसरमा मंगलबार महानगरभित्रका विद्यालय मात्र बिदा

श्रावण २७ पोखरा ।

मंगलबार गुरुङ जातिको ट्होटे पर्व धुमधामका साथ मनाइँदै छ । पोखरा महानगरले यसको अवसरमा मंगलबार महानगरभित्रका विद्यालयलाई बिदा दिएको छ ।

तमु धीं नेपाल पोखराको आग्रहमा पोखरा महानगरपालिका नगर कार्यपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिदा दिने निर्णय गरेको हो । बक्र इदमा बिदा नदिएको गण्डकी प्रदेशले सोमबार साँझसम्म ट्होटेबारे बिदा दिने वा नदिने निर्णय गरेको छैन ।