पोखराको न्युरोड स्थित मिनि मार्केटमा भीषण आगलागी

श्रावण पोखरा २७

पोखराका न्यूरोमा रहेका पसलहरुमा भीषण आगलागी भएको छ न्यूरोडको नवदुर्गा फर्निचर आडमा मिनि मार्केटमा आगलागि भएको हो । आगलागीबाट ठुलो क्षति भएको छ ।

पसलहरुमा मंगलबार दिउँसाे झन्डै साढे ४ बजे भीषण आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि पोखरा महानगरपालिका, नेपाली सेना लगायतको वारुणयन्त्र तथा केही निजी कम्पनीका पानी ट्यांकर प्रयोग गरिएको छ ।

आगलागीको कारण पत्ता लागेको छैन भने क्षतिको विवरण आउन बाकी छ ।