पोखरा महानगरका वडा कार्यलय चोरी गर्ने एकजना पक्राउ

श्रावण २९ पोखरा ।

कास्की प्रहरिले पोखरा महानगरका ११ वटा वडा कार्यलय शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्ष ५१ का काठमाडाण्डौं ११ घर भई हाल पोखरा १० मा बस्दै आएका किशोर थापा रहेका छन । प्रहरीले उनको साथबाट ९ वटा कम्प्युटर, ४ ल्यापटप अन्य चोरीमा संलग्न सामान बरामद गरेको छ ।

पोखरामा चोरी गरि थापाले काठमाडौं कलंकीमा कम्प्युटर सोलुसन सञ्चालन गर्ने मकवानपुर थाहा नगरपालिकाका रुपचन्द्र गोपालीलाई विक्रि गर्दै आएको कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।

चोरीका सामग्री किन्ने गोपाली र कम्प्युटर सहित पक्राउ गरेर बुधबार नै प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको हो ।

उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट मुद्दा दर्ता गरी थप अनुसन्धन गरी रहेको एसपि कार्कीले बताए ।

पछिल्लो क्रममा पोखरा महानगरपालिकाका ३३ वडा मध्य ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ गरि ११ वडा कार्यलयमा चोरी भएको थियो ।