रवी लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न म्याद थप

पोखरा ३२ श्रावण ।

जिल्ला अदालत चितवनले पत्रकार रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिन हिरासतमा राख्न म्याद दिएको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद दिएका हुन् । शुक्रबार बिहान भएको बहसको आधारमा रवीसहित ३ जनालाई अनुसन्धानको लागि म्याद दिइएको हो । तीनैजना प्रहरी
हिरासतमा रहनेछन् ।

प्रहरीले बिहीबार बेलुकी टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेर चितवन लगेको थियो। चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार पक्राउ गरेको थियो।