बरिष्ठ कलाकार सुबद्रा अधिकारिको निधन

पोखरा ३२ श्रावण

थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षीया अधिकारीको शनिबार बिहान ८ बजेतिर आफ्नो निवास डल्लुमा निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनी लामो समयदेखी दमको रोगी थिइन् ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ । अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने बताइएको छ ।