गण्डकी बिकाश बैकले सामाजिक उत्तरदायित्व बहन गर्दै

भदौ ३ पोखरा

गण्डकी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व वहन गर्दै १५० जना बालबालिका लागि झोला वितरण गरेको छ ।

बैंकका सञ्चालक श्री बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापा पोखराम महानगर २५, याम्दी स्थित श्री बाल कल्यायण आधारभुत विद्यालयका कक्षा १ देखि ५ सम्मका करिब स- साना बालबालिकाहरुलाई झोला वितरण गरेका हुन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा समाजका विविधि क्षेत्रमा गरेको योगदानका बारेमा प्रकास पार्नु भएको थियो । उनले एउटा सानो सहयोगले बालबालिकाहरुको मुहारको खुसी देख्न पाउँदा आफुलाई खुशि लागेको कुरा व्यक्त गर्नु भयो । आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा यस्तै आवश्यकताहरुको पहिचान गरी सदा योगदान पुर्याउन बैंक सधै तत्पर रहेने कुरा बताए ।

उक्त कार्यक्रममा पोखरा महानगर वडा नम्बर २५ का वडा सदस्य जित बहादुर कार्किले बैंकले सेवाका साथै सामाजिक उत्तरदायित्व लाई पनि प्राथमिकता दिएकोमा प्रशंसा गर्नु भयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष फिरोज शाहि साथै विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर कार्कीले बैंकले आफ्नो विद्यालयमा अध्ययनरत आर्थिकरुपमा विपन्न साना साना बालवालिकाहरुलाई संस्थागत दायित्व वोध गर्दै झोला वितरण गरेकोमा बैंक तथा बैंक परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

बैंकका सञ्चालक श्री बासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले गर्नु भएको थियो । कार्यक्रममा सामाजिक क्षेत्रका अग्रसर ब्याक्तित्व लगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।