समृद्ध समाज निर्माणमा महिलाको महत्वपूर्ण भुमिका :उपसभामुख सिर्जना शर्मा

पोखरा, ५ भदौ

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले
समृद्ध समाज निर्माणका लागि महिलाको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।

पोखरा महानगरापालिका वडा नं. १७ घारीपाटनस्थित नारीशक्ति
जागरण आमा समूहको प्रारम्भिक साधारण सभा एवम् प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले महिलाहरु आयआर्जनसंग जोडिनु पर्ने बताउनुभयो ।

समृद्ध नेपाल सुशी नेपाली अभियानलाई सफल बनाउन महिलाहरु
उत्पादनमा लाग्नु पर्ने बताउँदै उहाँले त्यसका लागि तीनै तहका सरकारले वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

महिलाहरु संगठीत भएर आर्थिक, सामाजिक तथा राजनितीक क्षेत्रमा नेतृत्वदायि भूमिका खेल्नु पर्नेमा जोड दिंदै उपसभामुख शर्माले ठुलो संघर्षबाट प्राप्त उपलव्धीको भरपुर उपयोग गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले महिला सशक्तिकरणका लागि वडाकोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समुहका अध्यक्ष शिशिर थापाको अध्यक्षतामा भएको कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका योगी शाही, नेपाल पर्यटन पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरि बास्तोला, नेपाल रेडक्रस सोईटीका मन्त्री उर्मिला खड्का, स्थानीय समाजसेवी तोयनाथ लम्साल, लिलबहादुर जिसी, लगायतले आमा समुहको भूमिका माथि प्रकाश पार्नुभएको
थियो ।

समूहका उपाध्यक्ष पियारी गुरुङले स्वागत गर्नुभएको कार्याममा सचिव गोमा कुमारी श्रेष्ठले प्रगति प्रतिवेदन एवम् कोषाध्यक्ष सरास्वती नेपाल सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।