डाएमण्ड भिलेजले दियो २० जना युवाहरुका लागि निशुल्क तालिम

भदौ , २० पोखरा ।

युवा हरुलाइ सीप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यसहित निशुल्क रुपमा होटल सम्बन्धि तालिम सुरु भएको छ ।

लायन्स क्लब अफ पोखरा डाएमण्ड भिलेजको आयोजनामा उक्त तालिम बिहीवार उद्घाटन गरिएको छ। २० जना युवाहरू का लागि उक्त तालिम दिइने छ।

कार्यक्रममा बोल्दै लायन्स क्ल्ब इन्टरनेशनल ३२५बि १ नेपालका गभर्नर इन्दु लम्सालले देशको युवा शक्ति देशमै सन्चय गर्नका लागि र पिछडिएका समुदायहरुका लागि आर्थिक रुपमा सबल हुनका लागि यस्ता खाले तालिमले निकै ठूलो भुमिका खेल्ने बताइन । पछिल्लो क्रममा युवाहरु सुन्दर सपना बोकेर बिदेशीनि र ती सपनाहरु तुहिएर बाकसमा फर्किनु पर्ने बाध्यताहरु आइपर्ने कुरा प्रष्ट पारिन ।

गभर्नर लम्सालले तालिममा सिकेका कुरालाइ भोलिका दिनमा व्यबहारमा उतार्ने र आफनै देशमा केही गर्न का लागि आग्रह गरिन ।

कार्यक्रममा डिस्ट्रिक सेक्रेटरी बिनोद ढुंगानाले आर्थिक सशक्तीकरण का लागि डिस्ट्रिकको यो अभियानमा क्लबहरुको तत्परता प्रती प्रंशसा गर्नु भयो ।

क्लबका अध्यक्ष दिलु तिवारिको अध्यक्ष्ातामा सम्पन्न भएको उक्त कार्यक्रममा डिस्ट्रिक चिफ एडभाइजर महेन्द्र पौडेल , रिजन चियर पर्सन लायन शुसिला कोइराला ,सोवित पौडेल ,जोन चियर पर्सन लायन पुस्पा कुमारी अाचार्य लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेज का अध्यक्ष लायन शोभाकान्त पौडेल लगाएतले बोल्नु भएको थियो ।