सामाजिक संस्थामा प्रचारमुखि नेतृत्व

स्मिता अधिकारी
असोज १४ पोखरा ।

केहि दिन अघि, पोखरामा, केहि व्यवसायिहरु सम्मिलित एक सामाजिक संस्थाको वार्षीक साधरणसभा च्लिरहँदा मंचमा देखिएको एउटा घटना परिदृष्यले एक्कासी ध्यान तान्यो ।

साधरणसभा उद्घाटनका लागि संघिय मन्त्रि आइपुग्नु भएको थियो नियमानुसार, कार्यक्रमको उद्घाटन पछि वक्ताहरुले शुभकामना मन्तव्य बोल्नेक्रम जारी थियो । एक जना पोडियम गएर वोल्दै गरेका हुन्थे यता मंचमा बस्नेहरु विच खासखुस निकै देखिन्थ्यो । करिव हजार जना मानिस दर्शक दिर्घामा थिए । ठूलो कार्यक्रम भएकोले चहलपहल बेसरीनै थियो । मन्चमा अध्यक्षता गरिरहेका
सभाध्यक्ष र मंचासिन अिितथि मध्य एकादुइ जना विच क्षण क्षणमा खासखुस चलिरहेको देखिन्थ्यो ।

वक्तामध्य सबैभन्दा अन्तिममा प्रमुख अतिथिलाइ शुभकामना मन्तव्य दिनका लागि कार्यक्रम संचालकले के बोलाएका थिए, अध्यक्ष जुरुक्क उठेर सचिव तिर लम्किदै माइक्रोफोन हातमा लिए र अर्को एक जना लाइ शुभकामना मन्तव्यका लागि बोलाउँदै आफ्नो अध्यक्षता आसनमा गएर बसे । अध्यक्षले बोलाएका ति
व्यक्तिले झण्डै १५ मिनेट भाषण गरेपछि बल्ल प्रमुख अतिथिको बोल्ने पालो आयो ।

प्रमुख अतिथिलाइ बोलाउँदै संचालकले अघिल्लो घटनाको प्रतिक्रिया थपे यस सभाका अध्यक्षले कार्यक्रमतालिका उल्लंघन गरेकोमा हाम्रो घोर आपत्ती छ । यतिखेर स्थानीय स्तरमा नेतृत्वको ठूलै लहर चलेको छ । मानिसहरु व्यवसायबाट आफ्नो केहि समय व्यवस्थापन गर्दै कुनै संघ, संस्था र संगठन र समूहमा आवद्ध भएर सामाजिक गतिबिधिमा पनि भाग लिने क्रम बढेको छ ।

आफ्नो पेशा व्यवसाय गर्ने क्रममा आर्जन भएका दक्षता र बिज्ञतालाइ व्यवसायिक हकहितका सवालमा पनि प्रयोग गर्ने
अभिप्रायले यस्ता संस्थाहरु गठन भएका हुन्छन् । कुनै निश्चित पेशा व्यवसाय भित्रका आम मानिसको प्रतिनिधि संस्थाको रुपमा कार्यसमिति हुन्छ र त्यो कार्यसमितिले व्यवसायिक हकहितलाइ प्रवद्र्धन गर्दै पेशालाइ व्यवस्थीत र मर्यादित बनाउने जिम्मेवारी
पनि लिएको हुन्छ । त्यसैले संस्कार, नियम , पद्दती र मर्यादाक्रम हरेक संस्थाले गर्ने सार्वजनिक गतिबिधिका अनिवार्य तत्वहरु ह्ुन ् । तर यस्ता संस्थाका कतिपय गतिबिधि
नियाल्ने हो भने कयौं परिवेशहरुमा विपरित संस्कार भेटिइन्छ ।

गल्ती नगर्नु मान्छेले गल्ति गर्ने अनि गल्ती भन्ने थाहा हुँदा हुँदै संस्थाका खातिर गल्तिलाइ ढाकछोप गर्नुपर्ने ठाउँमा आगोमा घिउ थप्ने र पूर्वाग्रह प्रदर्शन गर्ने प्रवृति कयौंं पटक सामाजिक संस्थाहरुमा भेटिइन थालेका छन् । केहि महिना अघि पोखरामै, महिलासँग सम्बन्धित एक सामाजिक संस्थाको अधिवेशनमा
पनि यस्तै खालको एउटा घटना घट्यो । प्रदेश स्तरिय नयाँ कार्यसमिति चयनमा अध्यक्ष पदका लागि दुइ जना दाबेदार देखिए । सहमति जुट्न नसकेपछि निर्वाचन समितिले चुनावको प्रक्रिया अघि बढायो । नोमिनेसन दर्तामा अध्यक्ष पदका लागि एक जनाको मात्र उमेदवारी पर्यो ।

निर्वाचन समितिले उमेदवारी दर्ताका लागि केहि घण्टा म्याद थप
समेत गर्यो । अध्यक्ष सहित सबै अन्य पदमा समेत उमेदवारी पर्यो र केहि समय पछि कार्यसमिति निर्वीरोध चयन भयो । उपस्थीत सबै साधरण सदस्यहरुले तालि बजाउँदै कार्यसमिति पारित गरे । केहि समय पछि उक्त संस्थाको केन्द्रिय कार्यसमितिले अबिधेशन स्थगीत गर्नु भनि इमेलमा पत्र पठायो । स्थानीय साधरण सदस्यहरु सहितको अधिबेशनको बन्दसत्रले पारित गरेर गठन गरिसकेको निर्वाचन समितिलाइ कार्यसमिति
घोषणाको अन्तिम समयमा आएर स्थगीतको निर्देशन सहितको पत्र पठाउनुको कारण रहेछ –अध्यक्ष पदका लागि अर्का एउटामात्र आकांक्षीले निर्वाचन प्रक्रिया चित्त नबुझेको भन्दै उजुरी रुपी निवेदन पठाउनु र सम्पन्न भइसकेको उक्त अधिवेशन स्थगित नगरेको र केन्द्रिय कार्यसमितिको पत्रको उल्लंघन भएको भन्दै
केन्द्रिय कार्यसमितिले नव निर्वाचित प्रदेश कार्यसमितिलाइ अनावश्यक हस्तक्षेप दिइरहया,े अध्यक्षका ति आकांक्षीले बिभिन्न आरोप प्रत्यारोप सामाजिक संजालमार्फत मानहानि समेत गरे

प्रदेश कार्यसमितिले अधिबेशनको निर्णय उल्ट्याउन नमाने पछि
अन्तमा अध्यक्षका दाबेदार अर्का आकांक्षीलाइ केन्द्रिय कार्यसमितिमा मनोनीत गरेर भएपनि आफ्नो पूर्वाग्रह पूर्ति गर्यो ।

मानिसहरु नेता हुन चाहन्छन नेतृत्व लिन चाहँदैन भन्ने प्रष्ट पार्दछ यो घटनाले । पद प्राप्त गर्नका लागि पार गर्नु पर्ने प्रक्रिया, लिनु पर्ने जोखिम र चुनौति, जनमासको मत तथा सहमति आदि इत्यादि लगायतका मान्यता ओझेल परेको अनुभुति हुन्छ, प्रजातन्त्रका मुल्यमान्यता आत्मसात गर्ने जोकोहिका लागि यो घटनाले । कुनै पनि संस्थामा जब उस्तै पेशा व्यवसायका बिभिन्न मानिसहरु आवद्ध भएर संगठित रुपमा दर्ता हुन्छन् त्यस्ता संस्था स्वतः सामाजिक संस्था बन्दछन् । प्रजातन्त्रलाइ बलियो बनाउनका लागि प्रजातन्त्रको जगमै यस्ता संस्थाहरु गठन गर्न सकिने प्रावधान निति नियममै सुनिश्चित छन् । त्यसैले यस्ता संस्थाले गर्ने हरेक गतिबिधिहरु प्रजातान्त्रिक मुल्यमान्यताको परिधिभित्रै रहनु पर्ने राष्टिय तथा अन्तराष्टिय नियमहरु छन् । यसअर्थ पनि प्रजातान्त्रिक मुल्यमान्यता अनूरुपकै निश्चित सार्वजनिक बिधिबिधानबाटै यस्ता संस्था निर्देशित हुन्छन् । त्यसैले संस्थागत गतिबिधिहरुमा निश्चित नियम, प्रक्रिया तथा पद्दती अनिवार्य सर्त हुन् ।

यिनै नितिनियमको उचित अनुगमन, मुल्यांकन, निगरानी हुन नसक्दानै यतिबेला संस्थागत नेतृत्वमा कयौं विकृतिहरु आएका छन् । नेतृत्व भित्रका दायित्वहरु स्वीकार गर्न नसक्नु र आँफूलाइ मात्र केन्द्रमा राखेर हेर्ने प्रवृतिले नेतृत्व शब्दको अर्थमै दाग लाग्न सक्ने संभावना इंगित गरिरहेको छ । पदले ओगट्ने दायित्व,
जिम्मेवारी , निति नियम र पद्दती के हुन् भन्ने कुरा नजाने पनि हुने मानसिकता ले पनि प्रश्रय पाउन थालेको छ ।

आफ्ना आसेपासेलाइ रिझाए पुग्ने, आसेपासे राख्ने
हैसियत बनाउन अरुले कति त्याग गरेका थिए भन्ने कुरा फर्केर नहेरे पनि हुने मानसिकता विकास भएको छ । त्यसैले क्षणीक स्वार्थ र सस्तो स्वप्रचारका लागि संस्थाभित्रको आन्तरिक समस्या तथा किचालो सार्वजनिक रुपममै प्रष्ट देखिने गरि सार्वजनिक रुपमै घोचपेच गर्न पछि पर्दैनन् उनिहरु ।

नेतृत्व लिन चाहने कयौं व्यक्तिहरुमा ज्ञान, नैतिकता , दायित्वबोध र दुरदर्शिताको अभाव देखिन्छ । त्यसैले कयौं सामाजिक संस्थाहरु निजि कम्पनी जस्ता भएका छन् , अध्यक्ष वा कुनै प्रभुत्वको इच्छा आकांक्षा अनुसार जहाँ जतिखेर पनि नयाँ नियम थप्न पाइने ।

बिश्वमा अहिले करिव ७० प्रतिशत मुलुकहरुले प्रजातन्त्र लाइ आत्मसात गरेका छन् । प्रजातन्त्रको नियमले सबैका लागि समान अवसर , सहअस्तीत्व, बिभिदतामा एकता आदि
मान्यता आत्मसात गरेको हुन्छ । त्यसैले सामाजिक संस्थाबाट नै राष्ट्रिय राजनिति

गुणस्तर बृद्धिका लागि समेत थुप्रै बाटाहरु सृजन ागर्न सकिने बुझाइ छ । त्यसैले पनि यस्ता संस्थालाइ लोकतन्त्रको सौंदर्य मानिएको हुन्छ र संस्थागत नेतृत्वमा अब्बल मानिस राष्ट्रिय राजनिति तथा नेतृत्वमा समेत अब्बल ठहरिन सक्छ भन्ने मान्यता
हुन्छ ।यद्दपी आम मानिसहरु बिच देखिइने गरेका पछिल्ला केहि घटना क्रमहरु नियाल्ने हो भने, प्रजातन्त्र देखाउने दाँत मात्र हुने आशंका सृजना गरेको छ । दुइ चार वटा गफ र दुइचार घण्टा समय बिताएको भरमा पद र संस्थाकै बलि चढाउने गरि आसक्त भइदिएका छन् सामाजिक संस्थाका नेतृत्वहरु समेत । त्यसैले पद पाउनका लागि काम गर्नु पर्दैन चाकडी गरे पुग्छ भन्ने नकरात्मक मानसिकता नेतृत्व तथा राजनितिमा हावि हुने संभावना बढेको छ ।
लेखक, संचारिका समुह गण्डकी प्रदेशका अध्यक्ष हुन्